तीन वर्षदेखि ताक्लाकोट नाका बन्द हुँदा व्यवसायीको बिजोग

१ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

पहिले भूकम्प र तीन वर्षदेखि कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगका नाका बन्द गरेको छ । रसुवागढी नाका चीनको स्वेच्छामा निर्भर छ । मन लागे एक महिना खुल्छ, नलागे बन्द हुन्छ ।

तातोपानी नाका त तीन वर्षभन्दा बढी भइसक्यो बन्द भएको । रसुवागढी नाकालाई चीन र नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्ने मुख्य नाका मानेका थिए । यस्तै, तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् ।

६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् । नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । दार्चुलाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् ।

तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान ल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन सकेको छैन । चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलासितको नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् ।

ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ । विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले ताक्लोकाट बजारमै ६ महिना व्यापार व्यवसाय गर्दै आएका थिए ।

दार्चुलाका तांक्लाकोट बजारका धेरै व्यवसायीले पसलमा राखेको सामानको अवस्थासमेत थाहा पाउन सकेको छैनन् । चिनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो छैन ।

नेपाली व्यावसायीहरूले ताक्लाकोटमा होटल, नेपाली उत्पादनका पसल, काठका भाडाकुडा, हाते होजियारीका सामान, नेपाली गलैंचा, बास, निगालो, छाला र अन्य हस्तकलाका सामानको वर्षौंदेखि व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुँदै थियो । मिडियाडबलि

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here