प्रेमले मानिसलाई बाँच्ने ऊर्जा दिन्छ

0
174

ऋतुको परिवर्तनसँगै वसन्त ऋतु आफैंमा यौवन अवस्था भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ, प्रकृतिले नौलो काचुली फेर्छ, यसलाई ऋतुराज पनि भनिन्छ । अनि यही ऋतुमा पर्ने फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् प्रणय दिवस । तर्क र विश्लेषण गर्नेहरु भन्छन्– यो पश्चिमा संस्कृती हो । तर, प्रेमको कुनै भूगोल हुँदैन, सिमाना, जात र धर्म हँुदैन । यो दिन माया गर्नेहरुको दिन हो ।
सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा विश्वका थुप्रै देशमा यो दिनलाई प्रणय दिवसको रुपमा मनाइन्छ, नेपाल पनि यो दिवस मनाउन अछुतो रहेको छैन । हुन त आफ्नै संस्कृतीमा पनि राधा–कृष्णको प्रेम भएको दिनलाई प्रेम दिवस मनाउन सकन्छि भन्ने तर्क–वितर्क भने नचलेको होइन । तर, हामी पश्चिमा संस्कृतीतिर अलिक बढि नै झुकाब राख्दछौं ।

भ्यालेन्टाइन–डेको पछाडि दुःखद् इतिहास लुकेको छ । तेस्रो शताब्दीमा रोममा क्लोडियस नामक शासक थिए । उनको मान्यता थियो कि जब विवाह गरिन्छ । पुरुषको शक्ती र बुद्धी दुबै नष्ट हुन्छ, यहीकारणले उनले आफ्नो राज्यमा कुनै पनि सैनिक अधिकारी विवाह गर्न पाउने छैनन् भनेर उद्घोष गरे । तर, सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन उनले क्लोडियसको विरोध गर्दे विवाहका लागि सबैलाई उक्साए र कतिपय सैनिक र अधिकारीले विवाह पनि गरे । जुन कुरा क्लोडियसको नियममा कानून मूल्य–मान्यता विपरीत थियो ।

त्यसैकारण भ्यालेन्टाइनलाई बन्दी बनाई फासीको सजाय सुनायो । भ्यालेन्टाइनले फासीअघि जेलरकी दृष्टिविहीन छोरीलाई आफ्नो आँखा उपहार स्वरुप सानो पत्रमा फर्म यु आर भ्यालेन्टाइन भनेर मायाको चिनो दिएर गए त्यही दिनलाई सन्त भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन शुरु गरे । शुरुवाती दिनमा भ्यालेन्टाइन–डे विधिवत् रुपमा मनाइन्थ्यो, आफूले बनाएको कार्डको आदान–प्रदान गरिन्थ्यो । तर, विकास क्रमसँगै अब रेडिमेड काडर्, कृतिम गुलाबका फूलहरुले भावना व्यक्त हुन थालेका छन् । हुन त जसरी भावना साटासाट भए पनि यो दिनलाई विशेष बनाउन फ्रेबुअरी महिना शुरु हुनुका साथै हरेक दिनलाई नयाँ बनाउने, कसम खाने अवसर प्रणय दिवसका आठ दिनले प्रदान गर्ने गर्दछ ।

पहिलो दिन रोज–डे ले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताबाट शुरु हुन्छ, गुलाबको फूल दिएर एकअर्काको भावना, प्रेम व्यक्त गर्ने माध्यम रातो रङ्गको गुलाबलाई पे्रमी–प्रेमिकाले मान्दछन् । दोस्रो दिन प्रपोज–डे, फेब्रुअरी ८ को दिन कुनै व्यक्तिसँग यदि अथाह माया छ भने डेटमा गएर व्यक्त गरिने दिन । तेस्रो दिन फेब्रुअरी ९ को दिन अर्थात् चकलेट डे, मान्छेको जीवनमा चकलेटको पनि छुट्टै विशेषता छ, खुशीका पल, पहिलो भेट, टाढाबाट आउँदा, चकलेट उपहार दिएर खुशी साटासाट गर्ने चलन छ । झन् माया व्यक्त गर्न चकलेटले ठूलै भूमिका निभाएको हुन्छ । एकअर्कालाई चकलेट दिएर चकलेट जस्तै मिठास बनिरहोस् पे्रमी–प्रेमिकाबीच यही कानमा गर्छन् । चौथो दिन अर्थात् फेब्रुअरी १० टेडी डे, टेडीको जस्तै मानिसको मन पनि कोमल, संवेदनशिल हुन्छ, कोमलताको अनुभव आदान–प्रदान गर्न टेडी गिफ्ट गर्छन् । विशेषगरी यो टेडी गिफ्ट केटीहरु बीच प्रिय हुन्छन् । प्रेम गर्न, मुखले व्यक्त गर्न जति सजिलो छ निभाउन तेती नै गाह्रो छ । यही जिन्दगीभरको साथ निभाउन फेब्रुअरी ११ अर्थात् प्रमिस डे मनाउँछन् । फेब्रुअरी १२ अर्थात् एक–आपसमा अंकमाल गरेर प्रेम व्यक्त गर्ने दिन एक–अर्कालाई कति माया जान्न सजिलो हुने दिन । फेब्रुअरी १३ किस डे एकअर्कालाई चुम्न गरेर सधैँ जीवन बिताउने साथ दिने दिन, मायाको कसम खाने दिन, यसरी प्रत्येक दिनको छुट्टाछुटै मूल्य–मान्यता राख्दै फेब्रुअरी १४ मा भ्यालेन्टाइन–डे मनाउँछन् प्रेमी–प्रेमिका ।

माया–प्रेम गर्न जति समय नै भए पनि कम लाग्छ यो हिसाब किताबमा रहन्न । प्रेमको वर्णन गर्न महान दार्शनिक साहित्यकार कथाकार सबैलाई गाह्रो छ भने म जस्ता सानाले झन् मायाको परिभाषा कसरी दिनु । फूलसँग दाज्ने माया, चन्द्रसँग दाज्ने माया, चौतारीको वर–पीपलसँग दाज्ने माया । मायाको परिभाषा नै छैन त्यसैले त मायामा टाढा छैन जो जहाँ भए पनि प्रेम पलाउँछ । प्रेममा प्राप्ति मात्र छैन, प्रेमको आकार छैन, टाढा बसेर चुपचाप एकोहोरो माया गर्नुपर्ने सन्त भ्यालेन्टाइनको दृष्टिविहीन महिलासँगको प्रेम जस्तो स्वच्छ सम्बन्ध हो । त्यसैले त प्रेम अक्सिजन जतिकै हो । यो एकदम अनियन्त्रित पनि हुन्छ । यति गर्छु उति गर्छु भनेर सिमानाको दायाराभित्र सिमित छैन । प्रेम दुई विपरीत लिङ्गबीचको मात्र होइन, प्रेम परिवार, साथीभाइ सबैसँग हुन्छ । प्रेमले मानिसलाई बाँच्ने ऊर्जा दिन्छ ।

विसंगतिलाई छाडेर संस्कृतीको रुपमा यस दिनलाई मनाऔं, आधुनिकताको नाममा समाजलाई अपाच्य कार्य नगरौं, आखिर माया गर्नेहरुका लागि सधँै प्रेम दिवस हुन्छ । चकलेटसँग साटेको माया, टेडीसँग साटेको माया, पहिलो गुलाब मित्रताको प्रतिकसँग साटेको माया, रातो गुलाब प्रेम प्रतिक मानेर साटेको माया, सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको भावुकताले भरिएको सन्देश दिन साटिएको माया सबै मायाका अवसरहरुलाई यही प्रेम दिवसको मुरी–मुरी शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here