धिमालको उपचारका लागि सहयोगको याचना

0
216

पथरीशनिश्चरे,

मोरङको उर्लाबारी -२ इटहरास्थित दुर्घटनामा परी घाइते भएका खगिन्द्र धिमालको उपचारका लागि याचना गरिएको छ।

गत माघ २९ गते माेरङकाे उर्लाबारी इटहरा राेड खाइवा चाेककाे घुम्तिमा बाइक अनियन्त्रित भई उर्लाबारी ९ दुर्गापुरीका खगिन्द्र धिमाल (सम्भु) माघ २९ गते गम्भीर घाइते भएका थिए।

परिवारकाे आर्थिक अवस्था निकै कमजोर भएका घाईते धिमालको हाल मोरङको बिराटनगर न्युराे अस्पतालमा उपचार भैरहेको पारिवारिक स्रोतले जनाएको छ।

उनको थप उपचारको लागि सहयोग पुर्याउन चाहनु हुने महानुभावहरुले सहयाेगका लागि प्रभु बैङ्कको खाता नं १७३०१७९६३११०००१४मा आर्थिक सहयोग प्रदान गर्नुका साथै फाेन नं ९८१९०४८२७१ मा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नु हुने परिवारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here