उत्पादित वस्तुको छुट्टै पहिचानका लागि ट्रेडमार्क

0
298

कुनै व्यापार वा व्यवसाय शुरु गर्नु उद्यमशीलता गर्नु हो । यसमा व्यापार वा व्यवसाय सम्बन्धी सोचाइदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने कुरासम्म पर्दछ । उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ । त्यसले हरेक देशको सरकारले उद्यमशीलता गर्नेहरुलाई बिशेष प्राथमिकता दिएको हुन्छ ।

नेपालमा सबैतिर वेरोजगारीको समस्या छ । युवा जनशक्ति सामान्य रोजगारीको लागि पनि विदेशतिर भौतारिनुपर्ने अवस्था सिर्जना भएको छ । वैदेशिक रोजगारीबाट सानोतिनो कमाइ गर्ने चाहने व्यक्तिहरुलाई पनि स्वदेश मै लगानी गरी उद्यम व्यवसाय सञ्चालन गर्ने वातावरण छैन ।

आज हामी स्वदेशमै केही गर्ने उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेकाहरुका लागि पनि एउटाले जे काम ग¥यो अर्कोले त्यही काम गर्ने प्रवृत्ति हाबी छ । एउटाले एउटा ब्रान्ड स्थापना ग¥यो भने अर्कोले त्यसको डुम्लीकेशन गरिहाल्ने प्रवृत्ति हाबी छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र आप्mनो ब्रान्डलाई बचाउन के गर्नुपर्छ भन्ने जानकारी दिनका लागि के हो ट्रेडमार्क र कसरी दर्ता गर्ने भन्ने बारेमा जानकारी दिन खोजिएको छ ।

उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छ । एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनका लागि ट्रेडमार्क लिने गर्दछन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्वीर, आकार वा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ ।

ट्रेडमार्कका लागि पनि दर्ता गर्नका लागि शुरुमा निवेदन लेख्नुपर्ने हुन्छ । त्यसका लागि एक सय रुपैयाँ तिर्नुपर्छ । निवेदन बुझाईसकेपछि नियम अनुसार सही छ कि छैन जाँचबुझ हुन्छ । यदि सबै कुरामा ठिक भएमा मात्र दर्ता गरेको प्रमाणपत्र पाइन्छ । दर्ता गर्नका लागि भने चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा एक लाखसम्मको जरीवाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँग सम्बन्धित सबै कुराहरू नेपाल सरकारले जफत गर्दछ । यदि तपाईले आफ्नो व्यवसायमा कुनै नयाँ वस्तु उत्पादन गर्दै हुनुहुन्छ भने ट्रेडमार्क दर्ता गरी सञ्चालन गर्दा राम्रो हुन्छ ।

ट्रेडमार्क बनाउने नाम पहिले नै अरू कसैले दर्ता गरेको नामसँग मेल खायो भने दर्ता गर्न मिल्दैन । त्यसैले व्यवसाय शुरु गर्दैगर्दा टे«डमार्क दर्ता गरेर सञ्चालन गर्दा व्यवसायका लागि हितकर हुन्छ । उद्योग विभागमा दर्ता भएको एउटा सामग्रीको ट्रेडमार्क हुँबहु वा आंशिकरुपमा चोरी गरी पुनः अर्काे सामग्रीमा उस्तै चिन्ह वा संकेत लिएपछि ट्रेडमार्क सम्बन्धमा उजुरी पर्ने गर्छ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानूनी हक र अधिकार हो ।

नेपाल ट्रेडमार्क सम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र हो । पेरिस सम्झौतामा ट्रेडमार्क सम्बन्धमा कम्तीमा अधिकार प्राप्त निकायले छानविन गर्न छ महिनाको अवधि पाउने व्यवस्था छ । दर्ता गरेको छ महिनापछिको तीन महिना विभागले उक्त आवेदनबिरूद्ध उजुरीको लागि समय छुट्याएको हुन्छ ।

सो समयावधिमा कसैले उजुरी दिएमा त्यसको अनुसन्धान हुन्छ । त्यो कानूनी प्रक्रियामा जान्छ । तर, उजुरी नपरेको खण्डमा भने नौ महिनापछि सम्बन्धित कम्पनी वा संस्थाले ट्रेडमार्क दर्ताको प्रमाणपत्र पाउने व्यवस्था छ । प्रतिष्पर्धी बजारमा आफ्ना उत्पादनलाई चिनाउन, बजारीकरण गर्न र नक्कल गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि ट्रेडमार्क आवश्यक छ ।

ट्रेडमार्क आफ्ना उत्पादनहरुको पहिचानका लागि लिइने कानूनी चिन्ह हो । उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छन् । एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ड, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गरिरहनुपर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।

ट्रेडमार्क ऐन २०२२ अनुसार दर्ताको सात बर्षसम्म प्रयोगमा नआएका ट्रेडमार्क पुनः सञ्चालनका लागि नवीकरण गर्नुपर्नेछ । जस अनुसार ट्रेडमार्क दर्ताको सात बर्ष पुगेकोले ३५ दिनभित्र तीन हजार पाँच सय रुपैयाँ जरिवाना तिरेर नवीकरण गर्नु पर्छ । त्यस्तै ४५ दिनभित्र गरेमा चार हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने प्रावधान छ । तर, ४५ दिन कटेमा सो ट्रेडमार्क स्वतः रद्द हुने भएकोले ट्रेडमार्क नवीकरण गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा अन्य कसैले सोही नामको ट्रेडमार्क दर्ता गर्न सक्ने व्यवस्था छ । एक पटक रद्द गरिएको ट्रेडमार्क जरिवाना तिरेर पनि नवीकरण गर्न सक्दैन । विभागमा हालसम्म करिव ५० हजारभन्दा बढी ट्रेडमार्क दर्ता भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here