जी-२० देशहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

१४ फाल्गुन २०७९, आईतवार मा प्रकाशित

काठमाडौँ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् ।

जी-२० देशहरूका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन मन्त्री पौडेल नेपाल एयरलायन्सको जहाजबाट भारत प्रस्थान गरेका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० देशका अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुँदै छ । सम्मेलनको क्रममा मन्त्री पौडेलले भारत, चीन लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पौडेल १३ गते स्वदेश फर्किने छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here