भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै

१४ फाल्गुन २०७९, आईतवार मा प्रकाशित

काठमाडौँ ।

भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै गएको पाइएको छ । जम्मु कश्मीर सरकारले दिएको जानकारी अनुसार गत वर्ष मात्रै ६ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबर निजी लगानीको प्रस्ताव आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार नयाँ लगानीबाट जम्मु कश्मीरमा ठूलो स्तरमा रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ ।

यसबाहेक जम्मु कश्मीरमा सोही अवधिमा १ हजार ४ सय ५५ वटा औद्योगिक एकाईहरुको गठन भएको छ ।

जम्मु कश्मीरमा लगानी आकर्षित गर्नका लागि सरकारले २ खर्ब ८४ अर्ब भारतीय रुपैयाँ बराबरको नयाँ औद्योगिक विकास कार्यक्रम पनि अघि सारेको छ ।फाइल तस्बिर

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here