विराटनगर आँखा अस्पतालको अध्यक्ष सहितको टोलीद्वारा नगर अस्पतालको अनुगमन

५ चैत्र २०७९, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे,

विराटनगर आँखा अस्पतालको अध्यक्ष पद्मनारायण चौधरीको संयोजकत्वमा आएको टोलीले पथरी नगर अस्पतालको अवलोकन गर्नुभएको छ ।

पथरीशनिश्चरे वडा नं. २ स्थापित नगर अस्पतालको अवलोकन गर्न लाहान आई. केयर सिस्टम सेन्टरका प्रमुख प्रशासकीय अधिकृत सुधिर ठाकुर, मोहम्मद रफिक संयोजक लगायतले स्थलगत अवलोकन गर्नुभएको हो ।

नगरमा अस्पतालसँग आँखा सम्वन्धी आँखा सेन्टर खोल्नका लागि भ्रमण गर्नुभएको हो । सो अवलोकनमा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्वापो, जग्गादाता एवं समाजसेवी बाबुराम राई, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नगरले उपलब्ध गराएको स्थानमा सो टोलीले प्राविधिक पठाएर डिजाइन गरे पश्चात् नगरमा आई.केयर सन्टर सुचारु हुँदैछ । यस कार्यको सहजीकरण पथरी काठमाडौं सम्पर्क मन्चका खेम रेग्मीले पनि संयोजनको भूमिका निर्वाह गरिरहनुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here