भारततर्फ बिजुली निर्यात सुरु

१६ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको हो । प्राधिकरणका अनुसार शुक्रबार देखि भारततर्फ बिजुली बेच्न थालिएको हो । शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचेको र आज भने निर्यात नभएको प्राधिकरणले बताएको हो ।

केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो । तर, अचानक वर्षायाम सुरु हुँदा नदीको वहाब बढिरहेको छ । यससँगै, ‘रन अफ दी रिभर’ आधारित आयोजनाबाट बिजुली उत्पादन बढेको छ । गर्मी याममा पानी नपर्दा र अत्याधिक गर्मी हुँदा बिजुलीको माग समेत बढ्ने गर्छ ।
तर, वैशाखदेखि नै निरन्तर भइरहेको वर्षातका कारण गर्मीसमेत घटेको छ । फलस्वरूपः उत्पादित बिजुलीले आन्तरिक माग धानेर निर्यात नै सुरु भएको हो । यद्यपि, वर्षात रोकिएमा पुनः आयात गर्नुपर्ने हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here