भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गर्छौं : मन्त्री साउद

१६ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् ।

विगतमा सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरे ।

भारत भ्रमणको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री साउदले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गते (भोलि) बाट जेठ २० गतेसम्म भारत भ्रमण गर्दैरैछन् । प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री साउदसहित अर्थ, भौतिक पूर्वाधार, ऊर्जा र उद्योग मन्त्री लगायत रहनेछन् ।

मन्त्री साउदले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने बताए । ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने बताए । भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।

जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने कुरा, एलओसीबाट ट्रान्समिसन लाइनहरु बनाउने कुरा, नेपाल-भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने कुरा, भारतीय गि्रड र ट्रान्समिसनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने जस्ता महत्वपूर्ण कुरा सामेल छन् । यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुंगोमा पुग्ने प्रयत्नमा छौँ,’ मन्त्री साउदले भने । अनलाइन खबर

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here