भूकम्पबाट मरिन्छ कि भन्ने डर लाग्छ ?

0
413

[डा. कपिलदेव उपाध्याय, मनोचिकित्सक]

मानव जीवनमा धेरै दुःखदायी, अकल्पनीय र आफू मर्माहित हुने घटनाहरु देख्नु परेको र भोग्नु परेको हुन्छ । त्यस्ता घटनाहरुमा मानिसलाई आफंै मरिने हो कि भन्ने डर पनि हुन सक्छ वा भयानक दुर्घटनाका कारण्ँ अन्य मानिसहरु मरिरहेको हेर्न वाध्य भएको पनि हुन सक्छन् । यस्ता अकल्पनीय अवस्थाहरु जीवनमा थुप्रै आउ“छन् ।
जस्तैः हालै आएको महाभूकम्प । यस्ता विभत्स घटनाहरु मात्र पर्दा, सुन्दा वा टेलिभिजनमा हेर्दा पनि पोस्ट ट्रौमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हुन सक्छ । पिटिएसडी मर्ने डरले हुने मानसिक समस्या हो । यसका लÔण्ँहरु यस्ता घटनाहरु घटेको प्रायः एक दुई हप्ता मै शुरु हुन्छन् र कसै कसैलाई अलि ढिलो पनि शुरु हुन सक्छ ।
लक्षण
अहिले नै घटना भइ राखेको छ कि जस्तो हुने र निदाएको वेलामा झस्केर उठ्ने । जुन भयानक घटना अप्रत्यासित घटेको थियो र अब ज्यान जान्छ वा मरिन्छ भन्ने डर लागेको थियो, त्यही डर र त्यही आत्तिएकोपना बारम्बार अहिले पनि भइराखेको छ कि जस्तो लाग्छ । अर्थात आफू अहिले पनि त्यही पहिलेको घटनामै छु जस्तो लाग्छ । त्यस्तो याद सिनेमा हेरे जस्तो गरी दिमागमा घुम्न सक्छ या राती सुतेको बेलामा सपना देखे जस्तो गरेर आउन पनि सक्छ । पहिले घटेको घटना नभएर अहिले नै त्यो घटना घटिराखेको छ जस्तो लाग्छ । यस्तो अनुभव हु“दा, पहिले जुन लÔण्ँहरु देखिएका थिए ती सबै देखिन्छन् र धेरै डर र अत्याहट लाग्छ । घटना भएको बेलामा आएको गन्ध, आवाज, दुखाई सबैको अनुभव हुन्छ र खलखल पसिनासमेत आउ“छ ।
त्यो घटनालाई सम्झाउने स–साना कुराहरु जस्तै त्यस्तै खालको दिन, मौसम, गाडी, मानिस, दुर्घटना, घाउ–चोटपटक आदि कुराले घटना बारम्बार फेरी भएको जस्तो अनुभव हुन्छ । त्यसकारण्ँ त्यस्तो घटना सम्झाउने ठाउ“, मानिस, वातावरण्ँ आदि सबैस“ग आफूलाई सकेसम्म टाढै र ब्यस्त राख्ने विरामीको प्रयास हुन्छ ।
घटना याद दिलाउने कुराको नजिकै नपर्ने र आङ्खना भावनालाई सकेसम्म दबाउने अप्रिय तथा डर लाग्दो घटना बारम्बार याद आउ“दा र त्यो पनि अहिले भइराखेको छ जस्तो अनुभव हु“दा ज्यादै अत्याउ“छ । सकभर त्यस्तो याद नआओस र फेरी त्यस्तो नहोस भनेर पिटिएसडी भएको व्यक्तिले आफूलाई विभिन्न कामहरुमा भुलाउन चाहन्छन् ।
आफूलाई याद दिलाउन सक्ने कुराकानी, ठाउ“, मान्छे सबैबाट उनी आफुलाई टाढा नै राख्न चाहन्छन । त्यस्तै गरेर आङ्खनो भावनाहरुलाई सकेसम्म दबाएर राख्ने प्रयास पनि गर्न सक्दछन्, त्यसो गर्दा उनी अरुहरुस“ग बोलचाल गर्न, माया प्रिति लगाउन, हा“स्न, रमाइलो गर्न चा“हदैनन्, अर्थात अरुस“ग पनि भरसक टाडै बस्न चाहन्छन् । अरु मानिसहरु यस्ता व्यक्तिस“ग स“गै बस्न र काम गर्न मन पराउ“दैनन् ।
जहिले पनि खतरा छ कि भनेर वस्ने
फेरि त्यस्तै घटना होला कि ? भन्ने डर त सधै लागि रहन्छ वा मनमा लगातार मानसिक तनाव भई नै राख्छ । सानो आवाज, घण्टी, टेलिफोनको आवाज पनि आफूलाई झस्काउने खालको हुन्छ । सधै एक प्रकारको चिन्ता लागि राखेको हुन्छ, निद्रा लाग्न कठिन हुन्छ । तनाव, चिन्ता र राम्रो निदाउन नसक्दा रिस बढी उठ्न थाल्दछ ।
यिनै कारण्ँहरुले गर्दा मुटुको धड्कन बढ्ने, पखाला लाग्ने, टाउको दुख्ने, डिप्रेसनका लÔण्ँहरु देखिने, आङ्खनो तनाव हटाउन रक्सी तथा अन्य लागू पदार्थको सेवन गर्ने आदि हुन्छ । त्यस्तै दुखाई कम गर्ने औÈधीहरु बढी सेवन गर्ने गरेको पनि पाइएको छ ।
पिटिएसडी किन हुन्छ ?
प्रायः जसो प्रत्येक व्यक्तिले सोचेको हुन्छ जिन्दगी राम्रोस“ग बित्नेछ । अचानक हुने विपत्ती, दुर्घटना आदि कमसेकम आङ्खनो जीवनमा आइपर्ने छैन । सामान्य जीवन बिताएर निश्चित अवधिपछि बृद्धावस्थामा संसार छोडिने छ । यस्तो सोचाई भएकोमा अचानक ठूलो विपत्ती आइपरे ज्यान त जुनसुकै बेला पनि जान सक्दो रहेछ र जीवन खतरामुक्त त बिल्कुलै रहेनछ भन्नेकुरा प्रष्ट हुन्छ । मृत्यु निश्चित छ, एक पल्ट मर्नै पर्छ, मर्नस“ग किन डराउनु भनेर मानिसहरु कुरा गर्दा त सजिलोस“ग गर्छन् तर सा“च्चै मुत्यु हुने भयो भन्दा नडराउने को होला ? जुनसुकै बेला पनि मर्न सकि“दो रहेछ भन्ने डर मनमा पस्छ र त्यसकारण्ँ नै (पिटिएसडी) हुन्छ भन्ने अनुमान छ ।
यस्ता घटना पछि पिटिएसडी
सवैलाई हुन्छ ?
सबैलाई पिटिएसडी हु“दैन तर यस्ता घटनाबाट गुज्रेका सबैलाई पहिलो एक महिना जति तनावका लÔण्ँहरु हुन्छन् र धेरै जनालाई यी लÔण्ँहरु कम ह“ुदै जान्छ र हराउ“छन् । करिब तीस प्रतिशत जतिलाई भने तनावको लÔण्ँहरु हराउ“दैनन् र पछिसम्म पनि भइ राख्छन् । हुन त पिटिएसडीका लÔण्ँ रोग नभएर घटनाबाट सृजित लÔण्ँहरु हुन् तर पनि लामो समयसम्म स्वास्थ्य समस्याका रुपमा देखिने हुनाले एक प्रकारको रोगका रुपमा लिन्छन् । पिटिएसडी किन हुन्छ भनेर एकिनसाथ भन्न सक्ने अवस्था छैन । विभिन्न अध्ययन र अनुसन्धानका आधारमा मनोवैज्ञानिक र शारीरिक कारण्ँहरुले पिटिएसडी हुन्छ भन्ने निष्कर्È छ ।
मनोवैज्ञानिक कारण
जब हामीलाई डर लाग्छ त्यसबेला हाम्रा इन्द्रीयहरु सतर्क भएर काम गरी राखेका हुन्छन्, त्यसैले डराएको अवस्थामा घटनाक्रम राम्रो याद भएका हुन्छन् । इन्द्रीयहरुको सक्रियताका कारण्ँ हामीले तुरुन्त ठीक निणर््ँय लिन सक्छौ र ज्यान वचाउन पनि सक्छौ ।
पिटिएसडी भएका मानिसहरुले के गर्नुपर्छ ?
आङ्खनो विश्वासिलो साथीस“ग आङ्खनो कुरा बिस्तारै भन्ने र सकभर आङ्खनो नर्मल रुटिन अनुसार पहिले जस्तै काम गरिराख्ने । खाना, निद्रा, शारीरिक ब्यायाम र शरीर र मनलाई रिल्याक्स हुने कृयाकलापहरु गर्ने । घटना भएको ठाउ“मा जान त मन लाग्दैन तर सम्भव हुन्छ भने एक पटक जाने ताकी भविष्यमा त्यसतर्फ जा“दा डर नलागोस् ।
आङ्खनो परिवार, आफन्त तथा नातागोतास“ग भेटघाट गर्ने र सकभर सामाजिक जीवन बिताउने । आवश्यक परे चिकित्सक वा मनोवैज्ञानिक परामर्शदातास“ग सल्लाह लिने ।
पिटिएसडी भएका मानिसले के गर्नु हुँदैन ?
एक्लै बस्न, काममा नजाने, आङ्खना कुराहरु कसैलाई नभन्ने, रक्सी पिएर पीडा बिर्सन खोज्ने आदि गर्नु हु“दैन । पिटिएसडीका लÔण्ँहरु मानसिक कमजोरीका कारण्ँ भएका होइनन्, यी लÔण्ँहरु विस्तारै कम हुदै जान्छन् र हराउन पनि सक्छन् त्यसकारण्ँ लुकाएर राख्न हु“दैन तर लÔण्ँहरु त्यति छिटो हराउ“दैनन्, त्यसैले सबै लÔण्ँहरु छिट्टै हराउन भन्ने आशा गर्नु हु“दैन । यस्ता लÔण्ँहरु वा कुराहरुबारे अरुलाई भन्यो भने के भन्लान्, यसको मन कमजोर भनेर थाह पाउलान् वा रिसाउलान् भनेर आङ्खनो मनको कुरा वा डरलाई लुकाएर राख्नु हु“दैन । आङ्खनो मन मिल्ने साथी वा विश्वाशिलो परिवारको सदस्य वा आवश्यक परे चिकित्सक वा काउन्सेलरलाई बताउनुपर्छ । चिकित्सक वा काउन्सेलरले डर घटाउन केही तरिका, डरको कारण्ँसमेत बताउनेछन् । जसले समस्या हटाउन भूमिका खेल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here