चिनियाँ विदेशमन्त्री क्वीन गाङ्ग ३ सातादेखि गायब

0
115

एजेन्सी ।

चिनियाँ विदेशमन्त्री क्वीन गाङ्ग विगत तिन साता देखि गायव भएको छ । उनलाई कुनैपनि सार्वजनिक समारोह वा औपचारिक कार्यक्रमहरुमा तिन साता देखि नदेखिएको हुँदा कहाँ गएको होलान् भन्ने आशंका उब्जीदै गएको हो ।

विदेशमन्त्री गाङ्ग अन्तिम पटक सिार्वजनिक उपस्थिति २५ जुनमा उहाँको श्रीलंकाली समकक्षी सँगको भेटमा देखिएको थियो । बेइजिंगले गाङ्गको अनुपस्थितिका लागि “स्वास्थ्य कारणहरु“ उद्धृत गरेको छ । किनको एक महिला पत्रकार सँग अफेयर रहेको र उनीहरुको विवाह नगरेको बच्चा भएको दाबी गर्ने अफवाहको बीचमा यस्तो खवर आएका छन् । बहुध्रुवीय विश्वको वकालत गरिएको बेइजिङ कुटनीतिमा निकै व्यस्त छ । एशियामा आफ्नो प्रभाव थप विस्तार गर्न, युरोपेली सँग सम्बन्ध सुमधुर बनाउन शक्तिशाली राष्ट्र अमेरिका सँगको सम्बन्ध सुधार गर्न बेइजिंगको कुटनीतिक निकायहरु बस्त रहेका छन् । तर यस्तो अवस्थामा विगत तीन साता यता बेइजिंगका विदेशमन्त्री गाङ गायब हुनु आश्चर्यमा पारेका छन् ।

सार्वजनिक वृत्तमा उनी कहीँ कतै देखिएका छैनन् । उनको अनुपस्थितिबारे विभिन्न अनुमान भइरहेका छन् । ५७ वर्षका करियर कुटनीतिज्ञ उनी राष्ट्रपति सी जिनपिङका निकै विश्वासिला पात्र हुन् । त्यसैले उनले अमेरिकाका लागि चिनियाँ राजदूत रहेका क्वीनलाई गत डिसेम्बरमा विदेशमन्त्रीको जिम्मेवारी दिएका थिए ।

विदेशमन्त्रीका रूपमा क्वीनले अमेरिका बारे कडा टिप्पणी समेत गरेका थिए । चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन उडाए सँगै दुई मुलुकको सम्बन्ध निकै चिसिएको थियो । तथापि अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेन र गत महिना बेइजिङ पुग्दा गाङ्गले नै समकक्षी ब्लिंकेनलाई राष्ट्रपति सीसँग भेट गर्ने वातावरण बनाइ दिएका थिए । अमेरिकाप्रति कडा आलोचकको रुपमा चिनिएका गाङ्गले सम्बन्ध सुधार्न संवादको वातावरण पनि मिलाए । उच्च तहका चिनियाँ कुटनीतिज्ञ गाङ्गले बेइजिङमा श्रीलंका, भियतनाम र रुसका कुटनीतिज्ञ सँग भेट गरेपछि जुन २५ देखि कतै देखिएका छैनन् । उनले यसअघि रूसका उपविदेशमन्त्री आन्द्रे रुदेन्को सँग भेट गरेका थिए । वागनर समूहले आक्रमण गरेपछि रूदेन्को त्यहाँ पुगेका थिए ।

बेइजिङको कुटनीतिक व्यस्तता बढेको समयमा गाङ्ग यसरी हराउनु निकै आश्चर्यको विषय भएको देङ युवेन बताउँछन् । देङ कम्युनिस्ट पार्टीले चलाउने पत्रिकाका पूर्वसम्पादक हुन् । ‘विश्वमा चीनको प्रभाव थप विस्तार गर्नुपर्ने र कुटनीतिक व्यस्तता बढेको समयमा विदेशमन्त्री सार्वजनिक वृत्तबाटै गायब हुने विषय निकै आश्चर्यजनक छ । उनी विगत २० दिनदेखि कहीँ देखा परेका छैनन’, उनले भने ।

सार्वजनिक वृत्तमा लामो समय देखा नपरेका गाङ्गबारे प्रश्न गर्दा चिनिँया विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छिन्, ‘चीनको कुटनीति विगतमा झैँ सामान्य रूपमा नै अघि बढिरहेको छ । गाङ्गबारे कुनै पनि खबर अहिले मसँग छैन’, विदेश मन्त्रालयकी पाचौँ प्रवक्ता ह्वा चुनयिङले भनिन् ।

बेइजिङमा अमेरिकी उच्च अधिकारी जेनेट यलेन र जोन केरी पुग्दा पनि गाङ्गको उपस्थिति थिएन । गाङ्गले युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलसँग भेट गर्ने कार्यक्रम तय भएको थियो ।

तर यो विषय आधिकारिक वक्तव्यमा भने कहीँ कतै उल्लेख छैन । संवेदनशील विषयका सवालमा चीनको विदेश मन्त्रालयले सधैँनै लिखित वक्तव्य आफ्नो वेबसाइटमा राख्ने गर्छ । विदेश मन्त्रालयको वक्तव्यले अड्कलबाजीहरु खण्डन गर्न असमर्थ छ ।

चीनको राजनीतिक प्रणालीनै पारदर्शी नभएका कारण यस्तो समस्या बेलाबखत देखापर्ने गरेको पूर्व सम्पादक देङ बताउँछन् । ठूला निर्णयहरू बन्द कोठामा हुने र त्यसको सूचना नचुहिने परिपाटीका कारण यस्ता दृश्य बारम्बार दोहोरिने गरेको उनको भनाइ छ ।

सीको पालामा झन् राजनीतिक अपारदर्शिता बढेको कतिपय विज्ञको मत छ । उनले सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदा यस्ता समस्या देखा परेको उनीहरू बताउँछन् । देङ भन्छन्, ‘अधिनायकवादी शासनमा सर्वोच्च नेताले नै सबै निर्णय लिने हुँदा त्यहाँ पारदर्शिता हुँदैन ।’

केही अप्रिय स्थितिमा उच्च तहका नेतासँग सम्बन्ध बिग्रिएको अड्कलबाजी हुने देङ बताउँछन् । विदेशमन्त्री गाङ्गको सवालमा पनि यस्तै अड्कलबाजी भइरहेको उनको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचार विरूद्ध कडा नीति लिएपछि यस्तो अवस्था बारम्बार दोहोरिएका छन् ।

उनीहरूलाई अनुसन्धानका लागि गोप्य रूपमा हिरासतमा लिने काम बढेको छ । अहिले विदेशमन्त्री गाङ्ग पनि गिरफ्तारमा परेको हुनसक्ने अनुमान गरिएको छ । ‘गाङ्ग सीकै एकल निर्णयले विदेशमन्त्री बनेका थिए । केही समस्या गाङ्ग माथि परेमा त्यसको असर सी मा पनि पर्नेछ किनभने विदेशमन्त्रीका रूपमा उनले सही व्यक्ति छनौट गर्न सकेनन्’, देङ भन्छन् । एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here