तेलीवारीमा स्मार्ट जीमशाला

0
96

टेकेन्द्र ढकाल,
चारआली ।

झापा जिल्लाको चारआली पूर्व तेलीबारीमा पूर्व कै ठुलो स्मार्ट जीम तथा गुम्बाको शुक्रबार उद्घाटन भएको छ ।

मेचीनगर गरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले रिवन काटेर सो जामशालाको उद्घाटन गरेका हुन । स्थानिय दुई युवाहरु रविन मेचे र सञ्जिव थेवेको संयुक्त लगानीमा तीनकठ्ठा जग्गाको क्षेत्रफलमा सो जीम तथा जुम्बा हलको प्रारम्भ गरिएको हो ।

कूल रु २ करोड ५० लाख रुपैया बराबरको लगानीमा सञ्चालित नया जीम तथा जुम्वा हलामा अत्याधुनिक प्रविधीका उपकरणहरु जडान गरिएको छ । जीमशालामा बडि विल्डर , मसल गेन , कार्डियो एक्सरसाइज, फ्याट लेस लगायतका सुविधा रहेको जीमशाला सर्वसुलभ शुल्कमा सन्चालित रहेको र एकैपटकम १ सय ५० जनाले सेवा लिन सक्ने क्षमताको जीम एण्ड जुम्बा तेलवारी चोकवाट ५०० मिटर को दूरीमा पार्किङ्गको व्यवस्था गरिएको कुरा प्रोप्राइटर रविन मेचेले बताए ।

विहान ४ बजे देखि बलुका १० बजे सम्म सेवाका लागि खोलिएको जीमशाला पूर्व मै ठुलो क्षमताको रहेको व्यवस्थापनको दावी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here