सीमावर्ती क्षेत्रको समस्या तत्काल समाधान नगरे कडा अन्दोलन गर्ने- इरफान अहमद शेष

0
116

काठमाण्डौ,

डुडुवा गाउपालिका-६ मा राष्ट्रिय स्वराज पार्टीको पार्टी प्रवेश छलफल तथा अन्तरक्रिया सम्पन्नता गरेको छ।

आजको कार्यक्रम पश्चात् लगभग १५० जनाले पार्टी प्रवेश गरेको कार्यक्रम सभापति राम निवास साहूले जनाएका छन। आजको कार्यक्रममा मुख्यरूपमा अहिले सीमावर्ती क्षेत्रमा जनतामाथि भइरहेको अन्याय अत्याचार बिरुद्ध रहेको थियो।

आजको कार्यक्रममा केन्द्रीय अध्यक्ष इरफान अहमद शेष प्रमुख अतिथि रहेका थिए, कार्यक्रममा केन्द्रीय महिला नेतृ जोया शेषले मन्तब्य राखेर महिलाहरुको समस्याहरुको उठान गरेका थिइन त्यस्तै कार्यक्रममा नेता जाबिर हल्वाई ले समेत मजदुर किसान तथा सीमावर्ती क्षेत्रमा भइरहेको दमनबारे प्रकाश पारेका थिए, कार्यक्रममा केन्द्रीय नेता राजा सिंह, रियाज अहमद शेष, सुनिल बर्मा, रूपरानी गडाडिया, जिल्ला सभापति अब्दुल कादिर साईले समेत मन्तब्य राखेका थिए, कार्यक्रम संचालक कार्य अब्दुल वाहिद शेषले गरेका थिए ।

कार्यक्रममा बाबुराम कोरी, राजू बर्मा, सत्ते सिंह, अयुब सिंह,जलालुद्दीन हल्वाई, सिराज सलमानी, अब्दुल सलाम सलमानी, माजिद हासमी, निजाम शेष, राहुल शेष, इसराईल खान लगायतका नेताहरुको व्यापक उपस्थितिमा आजको कार्यक्रम सम्पन्न भएको जानकारी नेता जाबिर हल्वाईले जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here