बिर्तामोड भाटभटेनीको निर्माण कार्य ९९ प्रतिशत पूरा,असोज ४ गते औपचारिक उद्घाटन गरिने

0
24

बिर्तामोड । 

झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको भाटभटेनी सुपर मार्केट निर्माणको काम ९९ प्रतिशत पुरा भएको छ । भौतिक निर्माणको काम सकिएको छ भने भित्री सजावटको काम धमाधम भइरहेको छ ।

आगामी असोज ४ गते औपचारिक उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका प्रतिनिधि बिनोद भट्टराईले जानकारी दिए ।

गत ११ महिना अघि देखि निर्माणकार्य सुरु भएको यस सुपरमार्केट नेपालका लागि चमत्कारी ढंगबाट निर्माण कार्य भइरहेको एक परियोजना बनेको छ । निर्माण शुभारम्भको छोटो अवधीमा २४ सै घण्टा निरन्तर काम गरेर हाल भाटभटेनीले यो सफलताको परिणाम प्राप्त गरेको हो ।

उद्घाटनको अवसरमा भाटभटेनीले समाजिक उत्तरदायित्व अन्तरगत केही प्रभावकारी काम पनि गर्न सुरु गरेको छ । भाटभटेनी कम्पनीले भगवान चोक देखि हेवन वाटरपार्क पस्ने मुख्य राजमार्गको दक्षिण तर्फ कालोपत्रे सडकलाई चौडा गर्ने कार्य सुरु गरेको छ । त्यस्तै करिव ५ सय मिटर क्षेत्रमा सडक बत्ती पनि जडान गरिने कम्पनीले जनाएको छ । अहिले सडक क्षेत्रमा रहेको झाडी पन्साउने र खाल्डाखुल्डी पुर्ने काम गरिएको छ ।

काठमाडौं र इटहरी जस्तै सुविधा उपलब्ध हुने बिर्तामोड भाटभटेनीको लगानी दुई अर्ब रहेको बताइएको छ । हजारौं उपभोग्य बस्तु उपलब्ध हुने भाटभटेनीमा दुईवटा सिनेमा हल र फुडकोड पनि रहने छ । सतौँ तला सम्म रहेको भाटभटेनी झापाकै ठुलो सुपर मार्केट सावित भएको छ ।

सुपर मार्केटको क्षेत्रमा ब्रान्ड बनाउन सफल भाटभटेनी बिर्तामोडमा सञ्चालनमा आउने भएपछि स्थानीय उपभोक्ताहरू उत्साहित भएका छन् । भाटभटेनी निर्माण भएपछि झापाकै एक आकर्षक व्यापारिक केन्द्र बनेको स्थानीय विकास भट्टराईले बताए ।

भाटभटेनी बिर्तामोड मुक्तिचोक देखि करिव १ किलो मिटर पश्चिममा रहेको पाँचतारे होटल द किङ्सवेरी सँगै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here