भालुको आक्रमणबाट एक जनाको मृत्यु

३१ भाद्र २०८०, आईतवार मा प्रकाशित

सोलु।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

घर छेउमा रहेको मकैबारी हेर्न जाने क्रममा स्थानीय ५५ बर्षिय पेम्बा अन्सु शेर्पालाई भालुले आक्रमण गरी घाईते बनाएको थियो ।

घाईते उनलाई उपचारको लागि महाकुलुङ प्राथामिक अस्पताल बुङमा पुर्याउना साथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here