ब्राउनसुगरसहित दुई जना पक्राउ

३१ भाद्र २०८०, आईतवार मा प्रकाशित

झापा।

झापाको दुई छुट्टा–छुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरो कांकरभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारानगरपालिका–११बसपार्कमा रहेको होटलबाट भारत बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने २१ बर्षीय लाल मियाको साथबाट १ सय १८ ग्राम ७ सय १० मिलिग्राम ब्राउनसुगर फेलापारी मियालाई नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईका २८ बर्षीय आषिश राई सुत्ने कोठाको खानतलाशी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको दुई ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको बताइएको छ ।

मियाको ईलाका प्रहरी कार्यालय अनारमनी र राईको ईलाका प्रहरी कार्यालय धुलाबारीबाट आवश्यक कानूनी कारबाही प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here