स्वास्थ्य प्रवद्र्धनमा फार्मासिस्ट

0
16

 


एक ताका ‘सरकारले नदेखेको कोरोनाका फ्रन्ट लाइनर’ भनेर कोभिड–१९ कालमा आफ्नै पहिचान बनाएका ए.फर्मासिस्ट र फर्मासिस्टको पहिचान औषधि विज्ञका रुपमा समाजले दिन थालेको छ । समुदायिक फार्मेसी मार्फत समुदायमा होस् या हस्पिटलमा जाँदा सबै प्रक्रिया पूरा गरेपछि नै किन नहोस् स्वास्थ्य उपचार खोज्ने व्यक्तिसँग जोडिने पहिलो र अन्तिम व्यक्ति फार्मेसिका ए. फर्मसिस्ट र फार्मासिस्ट हुन्छन् भन्दा अर्को अर्थ नलाग्ला ।

उपचारपछि औषधिको झोला बोकिरहँदा उनीहरु कै काउन्सिलिङका शब्दहरु नै बिरामीको दिमागमा डाक्टरको सल्लाहभन्दा गहिरो गरी छापिएको हुन्छ । किनकि बिरामीको मनोविज्ञान नै सल्लाह लिएर औषधिको खाने तरिका बुझेर घर जानुहुन्छ । नेपालको परिपेक्षमा औषधि सम्बन्धी अध्ययन नै नगरेका व्यक्तिबाट समेत अनुभवका आधारमा औषधि लिएर र सुई समेत लगाएको अनि निको समेत भएको अनुभव भएको यो पंक्तिकारलाई औषधि विज्ञहरुको पढाइ र उत्पादन देख्दा समुदायको स्वास्थ्यमा आइरहेको परिवर्तन या सामुदायिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्यका कानूनहरुको खबरदारीको पहल चमत्कारिक लाग्छ नै ।

विश्वको परिपेक्षमा धेरै व्यवस्थित, सुधार र एडभान्स कानूनी व्यवस्था भएता पनि ‘नेपालमा विज्ञयताको कुरा गर्दा वि.सं. १९७२ मा आई.ओ.एम. पढाएको अढाई वर्षे फार्मेसी पढाईलाई पहिलो र शुरुवाती यात्रा मान्नु पर्दछ र हाल नेपालमै मात्र ५० भन्दा बढी स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका यस्ता औषधि विज्ञ उत्पादन गर्ने कलेजहरु छन् भनेर औषधि विज्ञान पढाउने गुरु तथा पूर्वाञ्चलमा औषधि आपूर्तिका प्रमुख शम्भुप्रसाद साह आफूलाई जानकारी भएको बताउनुहुन्छ । यही उत्पादित जनशक्तिलाई मर्यादित बनाउन फार्मेसी परिषद सक्रिय छ भने यही विभिन्न तहहरुमा अध्ययन गरेकाहरुलाई निराश हुन नदिन र यसलाई समालेर अगाडि बढिरहेको नेपाल फर्मास्युटिकल्स एसोसिएसन (Nepal pharmatuecitals Association) नीति, नियम र हक हित संरक्षणका लागि अगाडि बढिरहेको छ साह बताउनुहुन्छ ।

यिनै औषधि विज्ञहरुको विशेष दिन अथवा सेप्टेम्बर २५ तारिख अर्थात् World Pharmacist Day विश्वभर समुदायको स्वास्थ्य स्तर माथि उकास्न समुदायमा फर्मसिस्ट सक्रिय हुनु पर्दछ भन्ने विचार प्रवाह गर्दैछ । यसपटकको ध्यचमि एजबचmबअष्कत म्बथ ले नारा नै ‘स्वास्थ्य व्यवस्था सुदृढिकरणमा फर्मेसी’ राखेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । साच्चै भन्ने हो भने समुदायमा भएका फार्मेसी जो सिँधै जनताको लागि औषधि उपलब्ध गराउने व्यक्ति मात्र होइनन् यिनिहरु समुदायका परामर्शदाता पनि हुन् । यिनिहरुको गलत परामर्शले व्यक्तिको स्वास्थ्यमा जटिलता प्रवेश गर्ने सम्भावना उत्तिकै हुन्छ भने यिनैको विज्ञताले औषधिको समुचित प्रयोग (proper Use of drugs)लाई बढावा दिन्छ ।

औषधि के हो ? औषधिको सही प्रयोग (use of drug)के हो ? औषधिको दुष्प्रयोग (Drug misuse) के हो ? औषधिको दुरुपयोग (drug Abuse) के हो ? औषधिको लत (drug addiction) के हो ? समुदायमा औषधिलाई नाफामूलक वस्तुको रुपमा प्रयोग गर्नाले कस्तो रुप लिन्छ जस्ता कुराहरुको उचित ज्ञान अध्ययनले दिने गर्दछ । त्यसकारण समुदायमा औषधिसँग खेल्ने व्यक्तिले औषधि विज्ञान पढेको हुनु पर्दछ र यो दिवसको मूल मर्म पनि समुदायको स्वास्थ्य प्रवद्र्धन गर्न फार्मेसीको भूमिका अपरिहार्य छ भन्दै नेपाल फत्मासिच्युटिल्स एसोसिएसन कोशी प्रदेश महासचिव दिपेन्द्र खड्का जोड दिनुहुन्छ ।

समुदायमा स्वास्थ्यसँग जोडिएका विभिन्न तह र विज्ञताका डाक्टरहरु साथै स्वास्थ्यकर्मीहरु जस्तै एच.ए., स्टाप नर्स, सि.एमएहरु स्वास्थ्य सेवामा तल्लीन छन् । राज्यको शक्ति विकेन्द्रीकरणले सबै स्थानीय तहहरुमा स्वास्थ्य जनशक्तिका रुपमा स्थानीयले नै नियुक्त गरेर सबै तहका डाक्टर तथा स्वास्थ्यकर्मीहरु परिचालन गरिरहँदा यिनै स्वाथ्य कर्मचारीहरुलाई सहयोग पुग्ने गरी र समुदायका स्वास्थ्य सुधार गर्न औषधि विज्ञहरु पनि सँगसँगै र त्यत्तिनै अनुपातमा नियुक्त गरिनु पर्दछ । समुदायमा Drug Inspector का रुपमा pharmacist नियुक्ति हुनु पर्दछ ।

लाखौं, करोडौं खर्च विकास निर्माणका नाममा भइरहँदा स्वस्थ शरीरमा स्वस्थ मष्तिस्क जसका लागि गुणस्तरीय औषधि हुनु पर्दछ । बीमा कार्यक्रममा प्रयोग हुने लाखौं करोडौंको औषधिको गुणस्तरीयता अनुगमन र सहयोग गर्न, सामुदायिक फार्मेसीहरुलाई व्यवस्थित र नियम संगत आउन प्रोत्साहान गर्न, औषधि र क्लिनिकल प्रयाक्टिस एकअर्काबीच सम्बन्धित हुनाले पहिलो चरणमा अध्ययनमा उत्प्रेरित गर्न समेत प्रत्येक स्थानीय तहमा कानून बनाएर यस्ता औषधि विज्ञको सम्मानजनक नियुक्ति जरुरी छ ।

हाल नेपालमा डिप्लोमा इन फार्मेसी, ब्याचलर अफ फार्मेसी, एम फार्म समेत पढाई हुने गरेको परिपेक्षमा डिप्लोमा तह र ब्याचलर तहलाई समुदायको स्वास्थ्य प्रवद्र्धनमा प्रयोग गर्नुपर्ने देखिएको छ । लागूऔषध नियन्त्रण संरचनामा समेत यस्ता विज्ञताहरुको नियुक्ति समुदायमा लागूऔषध नियन्त्रणमा समेत प्रभावकारी देखिन्छ र गरिनु पनि पर्दछ । ‘जहाँ फर्मासिस्ट त्यहा औषधि’यो नेपाल फर्मास्चयुटिकल्स एशोसिएसनको मूल मन्त्रले पनि नेपालको कानूनमा सबै औषधिको कारोबार हुने ठाउँमा विज्ञता आवश्यकता छ । त्यसमाथि सामुदायिक फार्मेसीको व्यवस्थापनमा त झनै यसलाई लागू गरिनु पर्दछ भन्ने माग सबैतिरबाट आइरहेको छ ।

यसै सन्दर्भमा समुदायलाई सन्देश दिन अंग्रेजी महिनाको सेप्टेम्बर २५ तारिख Nepal pharmatuecitals Association कोशी प्रदेशले बिहान शान्ति ¥याली, विराटनगरको बरगाछीमा रक्तदान कार्यक्रमसहित समुदायमा जल्दोबल्दो औषधि समस्या बिषयमा औषधिसँग जोडिने संघ–संस्थाका जिम्मेवार व्यक्तिव, उपभोक्ता, औषधि अनुगमनका आधिकारिक संस्थाहरु बीच तातो बहस समेत गर्ने गरी विश्व फार्मेसी दिवस मनाउँदैछ । जहाँ कोशी प्रदेशभरिका करिब सात सय औषधि विज्ञहरुको उपस्थिति रहने अनुमान गरिएको छ । यसमा हुने मुख्य बहसले न्युट्रासिटिकल्स र मेडिसिन, प्रिस्क्रिपन र डिस्पेन्सिङ, न्युटासिटिकल्स प्र्याटकटिस र राइट्स बिषयमा समेत आधिकारिक व्यक्तिहरु बीचको छलफलले के हो नयाँ मोड लिने छ ।

विशेष् गरी नीति–नियम, हकअधिकारका बिषयमा आवाज उठाइरहेको नेपाल फर्मासिच्युकलस एसोसिएसनलाई पेशागत संगठनका रुपमा मानिएका पनि नेपाल सरकारको औषधि सल्लाहकार समितिमा पदेन सदस्य र नेपाल फार्मेसी परिषद्मा सदस्य समेत रहने व्यवस्था भएकोले नीति–निर्माणमा विशेष भूमिका खेलिरहेको छ । यस पटकको World Pharmacist Day 2023 ले समुदायको स्वास्थ्य प्रवद्र्धनमा केही बुँदाहरु थप गर्नेछ । ‘Pharmacy strengthening Health system’ अर्थात् समुदायको स्वास्थ्य व्यवस्था सुदृढिकरणमा पक्कै पनि एक पाइला अगाडि बढ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here