चिल्ड्रेन हस्पिटलको बार्षिकोत्सव

0
17

बिर्तामोड ।

झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड चिल्ड्रेन’ अस्पताल दोस्रो वर्षमा प्रवेश गरेको छ । बुुधवार अस्पतालले प्रथम बार्षिकोत्सव मनाएको हो ।

मेची प्रादेशिक अस्पताल भद्रपुुरका पूूर्वमेडिकल सुुपरिटेण्डेन्ट डा. पिताम्वर ठाकुुरको प्रमुुख आतिथ्य तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष लीला मैनालीको अध्यक्षतामा चिल्डे«न अस्पतालले प्रथम बार्षिकोत्सव मनाएको हो ।

जिल्लाकै पहिलो बाल अस्पतालका रुपमा स्थापित यो अस्पतालले छोटो समयमा धेरै बालबालिकाको सफल उपचारमा सहयोग पुु¥याएको अस्पतालका निर्देशक डा. सुुजाता मैनाली आचार्यले बताइन् ।

अस्पतालले २४सै घण्टा आपतकालीन सेवा, बालरोग विशेषज्ञ ओपीडी सेवा, बातानुुकुुलित वाल मैत्री बच्चा वार्ड, नवजात शिशुको जण्डिस घटाउने फोटो थेरापी सेवासहित वालरोगसंग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा. रुपक आचार्यले बताए ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति झापा उपप्रमुुख शान्ता रोका, राष्ट्रिय उपभोक्ता महासंघका झापा अध्यक्ष मदनगोपाल सुुब्बा, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, माओवादी नेतृ सरु न्यौपाने, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शारदा रिजाल, हस्पिटलका नर्सिङ विभाग प्रमुख मञ्जु गुरुङ लगायतले शुुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत अस्पतालकी सञ्चालक सुजाता मैनाली आचार्यले सञ्चालन नैनकला भट्टराईले गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै अस्पताल अध्यक्ष मैनालीले १५ वेडमा सञ्ञ्चालित अस्पताललाई २५ वेडमा स्तरोन्नति गरेर लाने योजना रहेको जानकारी गराइन् । चिल्ड्रेन हस्पिटलले एक बर्षको अवधिमा एक हजार ६ सय ७० जना बालबालिकाको उपचार गरेको छ । अस्पतालका सञ्चालक डा. रुपक आचार्यका अनुसार यस अवधिमा तीन जनाको अन्यत्र रेफर गरेको, ३५ जनाको उपचार भइरहेको छ ।

आचार्यका अनुसार आधुनिक ल्याव निर्माण गरिएको छ । नवजात शिशुको उपचारका लागि छुट्टै वार्ड निर्माण गरिएको छ भने बालमैत्री वाताबरण बनाउन हस्पिटल प्रशासनले सक्दो प्रयास गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here