‘अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल’

0
14
गण्डकी, 
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिनुुभएको छ ।
सैनिक आवासीय महाविद्याल, पोखराको १९औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताउनुुभयो ।
शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उहाँले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताउनुुभयो । शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुुपर्नेमा जोड दिनुुभयो ।
महाविद्यालयमा व्यवस्थापनतर्फ विविएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उहाँले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुवात भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराउनुुभयो ।
घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरे पश्चात समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राख्नुुभयो ।
सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पुु¥याउँदै आएको बताउँदै उहाँले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताउनुुभयो । कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पातल आदि निर्माण भएको उहाँले बताउनुुभयो ।
प्रधानसेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गर्नुभएको थियो । विद्यालयका विद्यार्थीबाट नेपालका जातजातिका विभिन्न झाँकी, सांस्कृतिक कार्यक्रम, खुकुरी ड्रिल तथा तेक्वान्दो, कराँते प्रदर्शन गरिएको थियो ।
उक्त अवसरमा प्रधानसेनापति शर्माले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै महाविद्यालयको वार्षिक मुखपत्र फुुलबारीको लोकार्पण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here