वहुसरोकार विवाद मेलमिलाप चरणमा

0
22

विमल दहाल, इलाम ।

इलामको माई नगरपालि वडा नम्बर -२ स्थित दलित बस्ती र मस्ते बस्ति विचको कुलो, पैनी तथा जग्गा सिमना विवाद रुपान्तरणका लागि बिकल्प पारित तथा सहमतिमा हस्ताक्षरका लागि संयुक्त अन्तरकृया बैठक शुक्रवार सम्पन्न भएको छ ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल मन्त्रका साथ प्रकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटिसिएन) को आयोजनामा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको हो। वहुसरोकार रहेको कुलो, खोल्सी तथा जग्गा विवाद रुपान्तरणका लागि मेलमिलाप चरणमा छलफल भएको प्रकृतिक द्वन्द रुपान्तरण केन्द्र इलामका स्रोत ब्याक्ति ध्रुब श्रेष्ठले जानकारी दिनुभयो। अन्तरकृया कार्यक्रममा साझा बिकल्पहरुमा सहमति भएको छ ।

सहमतिमा २०२८ सालको नाप नक्सा अनुसार कुलो तथा खोल्सी सिमना कायम गराउनका लागि नापी कार्यालय इलाममा निवेदन गरि स्थानी सामाजिक तथा जानकारहरुको सहभागितामा सिमाङ्कन गरि विवादित विषय अन्त्य गर्ने, सार्वजनिक जग्गा जमिन पहिचान गरि सिमा कायम गर्ने, अन्तिम सहमति कार्यान्वयनका लागि नेत्र प्रसाद भट्टराईको संयोजकत्ब देवि प्रसाद चम्लागाई र कमला घिमिरे सदस्य रहेको ३ सदस्यीय कार्यान्वयन समिति र वडा सदस्य ज्ञान वहादुर कटुवालको संयोजकत्वमा सदस्य कुमारी दर्जी र खड्ग प्रसाद भट्टराई रहेको ३ सदस्यीय अनुगमन समिति चयन गरिएको छ ।

छलफल अन्तरगत प्रारम्भिक सहमति निर्माण, द्वन्दमा सम्लग्नहरुको धारणा संकलन, सहमति पारितका लागि संयुक्त बैठक, सहमति कार्यान्वयन र अनुगमन, द्वन्द नक्साङ्कन, माकुरा समुह गठन, समुहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण तालिम लगायतका चरणहरु पुरा गरि सकिएको स्रोत ब्याक्ति श्रेष्ठले बताउनुभयो ।

स्थानीय ५० सरोकारवालाको सहभागिता रहेको कार्यक्रमको समाजसेवी खड्ग प्रसाद भट्टराईको सञ्चालन, अध्यक्ष वडा सदस्य ज्ञान वहादुर कटुवाल अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथीहरु विमल दहाल, कुमारी दर्जी, ‌नेत्र प्रसाद भट्टराई लगायतले मन्तब्य राखेको सहजकर्ता ववि राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here