गरुवाको १६औ क्याम्पस सभा सम्पन्न

0
18

विमल दहाल, इलाम ।

त्रिभुवन बिश्वबिध्यालयवाट सम्बन्धन प्राप्त दक्षिणी इलामको एक मात्र क्याम्पस गरुवा बहुमुखी क्याम्पसको १६ औ क्याम्पस सभा शनिवार सम्पन्न भएको छ ।

नि:शुल्क तथा गुणस्तरीय शिक्षा, गरुवा क्याम्पसको विशेषता भन्ने मुल मन्त्रलाई आत्मा साथ गरि सन्चालनमा रहेको विभिन्न शैक्षिक‌ क्षेत्रमा योगदान गर्नुहुने १६ जना शैक्षिक ब्याक्तित्व र ८ वटा संस्थालाई सम्मान गरिएको छ ।

बि.स. २०६४ सालमा स्थापित क्याम्पसले सभा मार्फत पुर्व क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तथा चन्दादाता भक्त बहादुर लुङ्गेली, पुर्व क्याम्पस प्रमुख तारानाथ खनाल, पुर्व मेयर दिपक कुमार थेवे, पुर्व उपमेयर बिष्णुमाया आचार्य, पुर्व सहायक क्याम्पस प्रमुख विनोद लामा, बशिष्ट चन्दादाता तथा शैक्षिक ब्याक्तित्व घनेन्द्र कार्की, पुर्व लेखापाल चेतन खत्री, पुर्व पुस्ताकालय कर्मचारी जुनु खड्का, स्नातक तहमा सर्बोकृष्ट अंक ल्याई सफल बिध्यार्थी समिक्षा भट्टराई र निर्माण ब्यवसायी चन्द्र गिरीलाई सम्मान गरिएको छ ।

त्यस्तै क्याम्पसका पुर्वपदाधिकारी तथा समाजसेवीहरु कृष्ण कुमार खाकी, मणिकुमार लिम्बु, भगवती बराईली,शिब भण्डारी, रत्न बहादुर अधिकारी र कमला भट्टराईलाई समेत सम्मान गरेको छ । कार्यक्रममा क्याम्पसलाई बिभिन्न माध्यामबाट सहयोग गर्ने ८ बटा सामुदायिक बन समुहलाई समेत सम्मान गरिएको क्याम्पस प्रमुख भुपाल अधिकारीले जानकारी दिनुभयो । सम्मानित हुने सामुदायिक बन समुहहरुमा सुर्योदय र प्रगति सामुदायिक बन समुह माई-१, लालिगुराँस, कल्पतरु र सुनाखरी सामुदायिक बन माई-४, सपना र कालिखोला सामुदायिक बन माई-५ र बगैचा शेरो सामुदायिक बन समुह माई-१० रहेका छन ।

क्याम्पस ब्यवस्थापन समिति कोषाध्यक्ष यदुनाथ दुलालले ९९ लाख ३० हजार ४ सय ८ रुपैयाको आयव्याय प्रस्तुत गर्नुभएको सभामा आयतर्फ बिश्व बिध्यालय, माई नगरपालिका र कोशी प्रदेशबाट प्राप्त अनुदान, बिध्यार्थी भर्ना, परिक्षा शुल्क, रजिष्ट्रशन, प्रमाण पत्र, फारम बिक्री, विविध आम्दानी उल्लेख गरिएको छ ।

आयब्याय सर्बसम्मत पारित क्याम्पसको व्याय तर्फ शैक्षीक खर्च ३१ लाख ४२ हजार, पुस्तक खरिद ३ हजार, परिक्षा खर्च ३ लाख ३१ हजार, नविकरण शुल्क २४ हजार, मसलन्द र छपाई ७१ हजार, दैनिक भ्रमण खर्च १ लाख २७ हजार, मर्मत संहार ४४ हजार, लेखा परिक्षण १५ हजार, भैपरी खर्च ७७ हजार नक्सा निर्माण र स्टेशनरी खर्च हजार सहित ३ लाख ६० हजार, प्रशासनिक भवन निर्माण ५३ लाख ८९ हजार र दोस्रो तला निर्माण १४ लाख ५७ हजार लगायत खर्च भएको जानकारी दिनुभयो । शिक्षा संकायको स्नातक पढाई हुने गरुवा क्याम्पसमा बिध्यार्थीलाई लाग्ने सम्पुर्ण मासिक शुल्क भने माई नगरपालिकाले ब्यहोर्ने गरेको छ ।

क्याम्पस सभा माबि स्तरीय भलिबल प्रतियोगितामा विजेता क‌न्काई मावि क समुहलाई नगद १० हजार, ट्रफी र प्रमाण पत्र तथा उपविजेता कन्काई ख समुहलसई नगद ७ हजार ट्रफी र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी उपशाखा दानावारीको सभाहलमा सम्पन्न सभामा माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको प्रमुख आथित्यता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ गिरीको अध्यक्षता, क्याम्पस प्रमुख भुपाल अधिकारीको स्वागत र शिक्षक टेकनाथ न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमममा प्रमुख अतिथी उपप्रमुख हिमा भण्डारी गरुवा बहुमुखी क्याम्पसमा अन्य संकाय थप गर्न सकिने बताउनु हुदै माई नगरपालिका कार्यपालिकामा क्याम्पसलाई थप सहयोग गर्न विषयमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भयो । वहाँले राजनैतिक आग्रह पुर्वाग्रह भन्दा शैक्षिक संस्थालाई राख्न सबैलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रमा एमालेका महेन्द्र बुढाथोकी, नेपाली काँग्रेसका गोपाल पाण्डे, माओबादी केन्द्रका भक्त बहादुर लुङ‌गेली, वडाध्यक्ष खड्ग सुन्दर योङहाङ, नेपाल राष्टिय शिक्षक संगठनका माई अध्यक्ष पार्वता फुयल, नेपाल शिक्षक संघ माई अध्यक्ष रुद्र मगर, कन्काई माबिका प्रधानाध्यापक हरि प्रसाद पौड्याल, रेडक्रस दानावारी उपशाखा सभापति मित्र प्रसाद गौतम, समाजसेवी कृष्ण खाकी, स्वतन्त्र बिध्यार्थी युनियन सभापति गोपाल आचार्य लगायतले शुभकामना मन्त्वय राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here