झापाको पत्रकारिता आरम्भदेखि २०४०

३ जेष्ठ २०८१, बिहीबार मा प्रकाशित

झापाली पत्रकारिताको इतिहास बोकेको ऐतिहासिक पुस्तक हालै प्रकाशित भएको छ । पुस्तकको नाम ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ जस्तै झापाको पत्रकारिता आरम्भदेखि २०४० सम्मका ऐतिहासिक विवरणहरु समेटिएका छन् । पुस्तक झापाली पत्रकारका लागि मात्र होइन झापाली सबैका लागि एक गहनाको रुपमा उदय भएको छ । यस कार्यलाई निकै नै महŒवपूर्ण योगदान मान्न सकिन्छ ।

एकराज गिरी, अध्यक्ष, नेपाल पत्रकार महासंघ झापा शाखाको ‘सात दशकको यात्रा’ शीर्षकको प्रकाशकीय आलेखमा झापाको पत्रिकारिताको इतिहास समेटिएका छन् । प्रकाशकीयमा लेखिएको छ, विश्वमा पत्रकारिताको विकासको धेरैपछि नेपालमा पत्रकारिताको बीजारोपण भएको पाइन्छ । १७२ वर्षअघि गिद्धे प्रेसको नेपालमा प्रवेशको पृष्ठभूमिसँगै १३७ वर्षअघि अर्थात् १९४३ सालबाट नेपालमा पत्रकारिताको औपचारिक शुभारम्भ मोतीराम भट्टले भारतको बनारसबाट गोर्खा भारत जीवन पत्रिका मार्पmत गरेको इतिहास छ । मोतीरामकै अगुवाइमा १९५५ सालमा प्रकाशित सुधासागर पत्रिका नै नेपालको पहिलो पत्रिको हो । यसको ५५ वर्षपछि मात्र झापामा पत्रकारिताको बीजारोपण भएको पाइन्छ । अध्ययन अनुसार २०१० साल मंसीर १२ गते प्रकाशन शुरु भएको केटो मासिक यस जिल्लाको पहिलो पत्रिका र त्यसका सम्पादक श्यामकृष्ण उपाध्यायलाई झापा जिल्लाको पहिलो पत्रकार मानिएको छ ।

प्रकाशकीयमा अगाडि लेखिएको छ, मोफसलमा पत्रकारिताको विकासको इतिहासका दृष्टिले झापा अग्रणी जिल्ला मध्येमा पर्दछ । अग्रजहरुबाट पत्रिकारिताको विकासमा झापा मोफसल कै जेठो जिल्ला हो । यहाँ पत्रिकारिता शुरु भएको ३६ वर्षपछि पत्रकारहरु संगठित भएको इतिहास छ । पेशाको पुस्तान्तरणसँगै इतिहासका तथ्यहरु क्रमशः विस्मृतिमा गइरहेका छन् । झापाली पत्रकारिताको ७१ वर्षको इतिहास, विकासक्रम कहीँकतै लिपिबद्ध भएको पाइएको छैन । झापाली पत्रकारिताको त्यही इतिहासलाई लिपिबद्ध गर्ने कार्यको शुरुवात महासंघ झापाको वर्तमान समितिले गरेको छ । इतिहास र यहाँको पत्रकारिताको विकासक्रम, परिवेश र पात्रहरुबारे भावी पुस्तालाई समेत स्मरण गराउन, खोज अध्ययन गर्न चासो राख्नेहरुलाई तथ्य जानकारी गराउन इतिहासलाई लिपिबद्ध गर्नुपर्ने खाँचोलाई मध्यनजर गरी हामीले यस कार्यको शुरुवात गरेका हौँ ।

समग्र इतिहास एकै पटक लिपिबद्ध गर्नु कठिन काम हो । तसर्थ हामीले पहिलो पाइला भनौ या केही न केही शुरु गर्नैपर्छ भन्ने हुटहुटीले आरम्भदेखि २०४० सालसम्मको इतिहास, त्यसबेलाका पात्र (पत्रकार), परिवेश र केही अभिलेखहरुलाई यस पुस्तकमा लिपिबद्ध गर्ने प्रयास गरेका छौँ । झापाली पत्रकारिताको इतिहासका बारेमा जिज्ञासा राख्ने, अध्ययन अनुसन्धान गर्न चाहने जोसुकैलाई यो पुस्तक उपयोगी हुने हाम्रो विश्वास छ । पछिल्लो पुस्तालाई झापाली पत्रकारिताका विषयमा बुझ्न यो पुस्तक सहायकसिद्ध हुने हाम्रो अपेक्षा छ । –प्रकाशकीयमा भनिएको छ ।

गोपाल गिरी र राजबाबु शंकरको सम्पादनमा पुस्तक नेपाल पत्रकार महासंघ झापा शाखाले हालै प्रकाशन गरेको हो । यो पुस्तक किन पनि महŒवपूर्ण रहेको छ भने यसमा देशको सरकार प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शुभकामना प्रकाशित छ । शुभकामनामा भनिएको छ– नेपाल पत्रकार महासंघ झापाले जिल्लामा प्रेस स्वतन्त्रताको प्रबद्र्धन, निष्पक्ष पत्रकारिता, सत्यतथ्य सूचना प्रकाशन तथा प्रशारण र सञ्चारकर्मीको हकहितको संरक्षणमा पुर्याउँदै आएको भूमिका उल्लेखनीय छ । त्यस्तैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको शुभकामना सन्देश पनि प्रकाशित छ । शुभकामनामा भनिएको छ– नेपाल पत्रकार महासंघ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि एक करोड रुपैयाँको पत्रकार सहारा उपचार कोष बनाएको र ई–लाइबे्ररी समेत संचालन गरेको सुन्दा खुशी लागेको छ । र, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको शुभकामना पनि प्रकाशित भएका छन् । शुभकामनमा भनिएको छ– झापा शाखाको यो रचनात्मक प्रस्तृति झापाका पत्रकार र पाठकका लागि मात्र सम्पत्तिका रुपमा सीमित हुने छैन । संसारका जुनसुकै स्थानमा बस्ने पत्रकारिताका अध्येताहरुका लागि समेत महŒवपूर्ण सामग्रीका रुपमा रहने छ ।

पुस्तकमा अग्रलेख अर्थात् झापा जिल्लाको पत्रकारिता शिर्षकको २१ पृष्ट लामो आलेखमा झापाली समग्र पत्रकारिताबारे शुरुवात देखिका योगदानहरु उल्लेख गरिएका छन् । प्रकाशित पत्रपत्रिका, सम्पादक, प्रकाशक, पत्रिकाका नाम परिवर्तन, जिम्मेवारी परिवर्तन, पत्रपत्रिका प्रकाशन भएका स्थान आदिका विवरण समेटिएका छन् । पत्रपत्रिकाहरुका विवरण तालिका नै पुस्तकको पछिल्लो खण्डमा प्रकाशित भएपनि यस अग्रलेखमा प्रकाशित प्रसंग, घटना तथा विवरणहरु विस्तृत रुपमा उल्लेख गरिएका छन् । जसबाट झापाली पत्रकारिताबारे धेरै कुराहरु छर्लङ्ग जान्न सकिन्छ । अग्रलेखमा झापाली पत्रकारिताबारे शुरुवातदेखि कै विवरणहरु समेटिएका छन् भने पुस्तकको पछिल्लो भागको तालिकामा पनि पत्रपत्रिकाका विवरण समेटिएका छन् । यस पुस्तकको नाम झापाको पत्रिकिारिता आरम्भदेखि २०४० सम्म भए पनि २०४० पछिका प्रसंग, घटना तथा विवरणहरु पनि समेटिएका छन् ।

यस पुस्तकको अन्तरबोध खण्डमा, झापाका २६ जना अग्रज पत्रकारहरुका योगदानबारे आलेख प्रकाशित भएका छन् । पुस्तकमा उल्लेख अग्रज पत्रकारहरुका नामावली यस प्रकार रहेका छन्ः श्यामकृष्ण उपाध्याय, एस.एल.शर्मा, स्वयम्भूलाल श्रेष्ठ, नकुल काजी, बसन्तकुमार खड्का, चूडामणि रेग्मी, डिल्लीराम निर्भिक, द्रोणाचार्य क्षेत्री, गोविन्द्रचन्द्र क्षेत्री, भरत कोइराला, मदन ढकाल, गोपीकृष्ण खनाल, देवेन्द्रकिशोर ढुंगाना, डिकमान विरही, हीरा आकाश, तारा बराल, गञ्जबहादुर दाहाल, अमृतलाल श्रेष्ठ, भरत भूर्तेल, राधा शर्मा, लक्ष्मण ढकाल, गोपाल गिरी, केशव आचार्य, राजेश ढुंगाना, गोविन्द गुलाफ र लेखनाथ परदेशी ।

आलेख लेखकहरु क्रमशः यस प्रकार रहेका छन्ः आभा शर्मा, मोहन काजी, दीपक अधिकारी, तारामणि सापकोटा, गोपाल गिरी, राजु बराल, राजबाबु शंकर, सन्तोष आचार्य, नरेन्द्र ढकाल, उत्तम नेपाल, सुरेन्द्र भण्डारी, केशव भट्टराई, सन्तोष शर्मा, रमेश शमदर्शी, पर्वत पोर्तेल, द्रोण अधिकारी, विमल लामिछाने, झुलन रेग्मी, कृष्ण धराबासी, सम्पादक, सुब्रत न्यौपाने, अम्बिका भण्डारी, राजेन्द्र गौतम, सुवास ढकाल, एकराज प्रधान र देविका अधिकारी ।

यस खण्डमा अग्रज पत्रकारहरुकाबारे विस्तृतमा जान्न सकिन्छ । जीवनी नै जान्न सकिन्छ । पत्रकारहरुका जन्ममिति, जन्मस्थान, पारिवारिक विवरण, शिक्षा, बसोबास, अन्य पेशा लगायत पत्रकारिता गरिएका दुःखकष्ट, हण्डर, अभाव, संघर्ष, योगदान र सम्मान आदिबारे उल्लेख गरिएका छन् ।

पूर्वकै जेठो पत्रकार श्यामकृष्ण उपाध्यायबारे आभा शर्माको आलेख अनुसार, श्यामकृष्ण उपाध्यायको सम्पादनमा वि.सं. २०१० मा झापाकै जेठो पत्रिका केटो मासिक प्रकाशन हुने गर्दथ्यो । श्यामकृष्ण उपाध्यायको जन्म वि.संं. १९८६ मा विरगञ्जमा भएको थियो । बाल्यकालमा प्रारम्भिक शिक्षा जनकपुरमा लिइएको थियो । कामको खोजीमा भारतसम्म पुगेका र कलकत्तामा बस्दा उपाध्यायले लेखेका लेखहरु त्यहाँका विश्वामित्र र लोकमान्य पत्रिकाहरुमा प्रकाशन हुने गर्दथे । झापामा भने उनी २००७ सालमा आइ जागिर गर्न थालेका थिए । त्यतिबेला मेची अञ्चलमै कुनै पत्रिका प्रकाशन हुँदैन थिए । केटो पत्रिका बन्द भयो । त्यसपछि उपाध्यायले भद्रपुर नगर पञ्चायतको पञ्चायत नामक मासिक पत्रिका सम्पादन गरे । २०१८ तिर युवक पत्रिका पनि सम्पादन गरे । निडर स्वभावका पत्रकार उपाध्याय कलम र कुचीले अघि बढेका व्यक्तित्व थिए । पत्रकारमात्र नभएर साहित्यकार र कुशल चित्रकार पनि थिए । उनीबाट जनतालाई चेतना लगाउने काम अर्थात पत्रकारिता २०४५ सम्म निरन्तरता भयो । २०४६ चैत्र १७ गते बिर्तामोडमा हिँड्दाहिँड्दै हृदयघातबाट पत्रकार उपाध्यायको निधन भएको थियो ।

यसरी यस पुस्तकमा अग्रज पत्रकाहरुकाबारे सकभर सम्पूर्ण वृत्तान्त खोजी गरी प्रकाशन भएका छन् । जसका लागि आलेख लेखकहरुले निकै नै मेहनत गरेका छन् । कतिपय ठाउँमा तीन–तीन पटकभन्दा बढीपटकसम्म जाँदा पनि अग्रज पत्रकारहरुबारे जानकारी लिन नपाइएको तै पनि दुःखकष्ट र मेहनत गरेर जानकारी बटुलेर झापाका पत्रकाहरुकाबारे वृत्तान्तहरु पस्कन सक्षम भएका छन् आलेख लेखकहरु । जसले झापाली पत्रकारिताको इतिहास खडा गर्न निकै सहायकसिद्ध भएको छ ।

यस खण्ड ऐतिहासिक त छँदैछ, पत्रकारहरुले आफ्ना प्रयासबाट कसरी जनतालाई सत्य तथ्य सुसूचित गरिरहे भन्ने कथाहरु पढ्न पाउँदा पाठकवर्गमा तरंग पैसा हुन्छ । उत्साह र प्रेरणा मिल्दछ । यो खण्ड निकै नै रोचक पनि छ । वास्तवमा देशका लागि सीमित स्रोत साधन, ज्यादै न्यून पारिश्रमिकका बाबजुद र स्वय्मसेवी रुपमा पत्रकारिताका माध्यमबाट कसरी देश र जनताका लागि योगदान गर्न सकिन्छ भन्ने बुझन सकिन्छ ।

पुस्तकको संस्मरण, लेख खण्डमा १३ जना अग्रज पत्रकारहरुद्वारा लिखित संस्मरण लेख प्रकाशित भएका छन् । जसअन्तर्गत, युवराज गौतमको पत्रकार बन्ने रहर । अघिल्लो समयमा झापाको पत्रकारिता– लीला उदासी । झापा घोषणापत्र जारी भएको ऐतिहासिक दिन– तारा बराल । झापाबाट सिकौँ– चन्द्र भण्डारी । आधा शताब्दी लामो झापाली पत्रकारिता– राजेश ढुंगाना । मेरो पत्रकारिता यात्रामा झापाको प्रभाव– धर्मेन्द्र झा । त्यो बेलाको पत्रकारिता– चिन्तामणि दाहाल । झापाले डोहोर्याएको मेरो पत्रकारिता– मोहन मैनाली । झापाको पत्रकारितालाई नमन– स्वागत नेपाल । मेरो पत्रकारिता पाठशाला– अखण्ड भण्डारी । त्यो पत्रकारिता यो पत्रकारिता– गोपीकृष्ण ढुंगाना । पत्रकारितामा सेल्फ सेन्सरसीप– शिव गाउँले र प्रवासमा नेपाली पत्रकारिता– भानुभक्त आचार्य ।

पुस्तकको अभिलेख खण्डमा, झापा जिल्ला प्रशासन कार्यालयमा हालसम्म दर्ता भएका पत्रपत्रिकाको विवरण समेटिएका छन् । दैनिक, साप्ताहिक, मासिक, द्वैमासिक, त्रैमासिक गरी १५९ पत्रपत्रिकाका नाम, दर्ता मिति र नम्वर, किसिम, प्रकाशक, सम्पादक र प्रकाशन हुने स्थानहरु तालिकाबद्धरुपमा उल्लेख छन् । त्यस्तै गरी दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाका छुट्टै विवरण समेटिएका छन् । टेलिभिजन, एफ.एम. रेडियो र न्यूज पोर्टलहरुका विवरण पनि प्रकाशित भएका छन् । त्यसपछि, नेपाल पत्रकार महासंघ झापा शाखाका संस्थापक कार्यसमितिदेखि हालसम्मका कार्यसमितिका विवरण प्रकाशित भएका छन् । विवरणमा २०४६।०४७ देखिका कार्यसमिति समेटिएका छन् ।

समग्रमा यो पुस्तकले एक अभिलेख या दस्तावेजको स्थान त बनाइ नै सकेको छ र झापाली पत्रकारिताको इतिहास कहन्छ अनि बलियोसँग संरक्षण गर्दछ । पत्रकारितामा होमिएका झापाली पत्रकारहरु, सञ्चाकर्मीहरु र स्वअध्ययनशील तथा अनुसन्धान कर्ताहरुका लागि यस पुस्तक भरपर्दो र सटिक सन्दर्भ सामग्रीको रुपमा उभिन सफल भएको छ । यस ऐतिहासिक पुस्तक प्रकाशन गर्नेसम्मका कार्य गर्ने टिम अर्थात सम्पूर्ण पत्रकारका योगदान अविस्मरणीय रहने छन् ।

एडमन्ड वर्कले पत्रकारितालाई चौथो अङ्गको रूपमा अथ्र्याए । नेपोलियन बोनापार्टले चार विरोधी पत्रिका चार हजार सेनाभन्दा डरलाग्दा हुने घोषणा गरे । अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले ‘मलाई सरकार र पत्रिकामध्ये एउटा छान्न भनिए म विना हिचकिचाहट सरकार नभए केही हुन्न, समाचार पत्रिका जीवित रहनुपर्छ’ –भनेका थिए । बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले पत्रकारितालाई कहिल्यै नसुत्ने र जनताको स्वतन्त्रताको रक्षा गर्ने अभिभावकको रूपमा परिभाषित गरेका थिए । झापाका पत्रकारिता क्षेत्रले यी सबै विशेषताहरु पूरा गर्दै आएका पाइन्छन् ।

झापाली पत्रकारिता क्षेत्रले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता स्थापित गर्न योगदान गरेको छ । जनतामा सत्य तथ्य सूचना प्रवाह गरेको छ र गरिरहेको छ । देशमा ठूला परिवर्तनका लागि योगदान गरिसकेको छ । देशकै पत्रकारिताको प्रतिनिधित्व गरेको छ भन्ने तथ्य पुस्तक अध्ययनबाट थाहा हुन्छ । झापाली पत्रकारिता एक पाठशाला या सिकाई केन्द्र बनिसकेको प्रमाण यस पुस्तक हो । धेरै कुरामा अग्रणी रहेको झापा, पत्रकारिताका क्षेत्रमा पनि अग्रणी रहेको छ । पत्रकार अर्थात् अग्रज पत्रकारहरुका योगदानको कदर स्वरुप पुस्तक नै प्रकाशन गर्ने कर्ममा पनि झापा देशमै अग्रणी भएको यसै पुस्तक प्रकाशनले प्रमाणित हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here