तातो ग्रीष्म र बदलिँदो मनसुन

0
10

यस बर्षको ग्रीष्म ऋतुमा नेपाल र भारतका विभिन्न स्थानहरुमा तापक्रमले किर्तिमान कायम ग¥यो भने कति स्थानमा दशकौं अघिको रेकर्ड छुन पुग्यो । अधिकांश स्थानहरुमा मानिसहरुले यति अचाकल्ली तातिएको महशुस गरेका थिएनन् । पश्चिम नेपालको तराईमा यो लेख लेख्दासम्म तातो बतास र अत्यधिक तापमानले असार ७ गतेसम्मका लागि विद्यालयहरुमा पठनपाठन स्थगित गरिएको छ । नेपालगञ्जमा ४६ड्ढ से. र भैरहवामा ४४ड्ढ से. तापक्रम पुगेको छ ।

भारतमा चुनावी माहोल तातेको बेला तापक्रम समेत एक्कासी ह्वात्तै बढेको छ । दिल्लीको तापक्रम ५२.३ड्ढ से. पुगेर धेरैलाई आश्चर्य पारेको छ । नेपाल तथा भारत अनि पाकिस्तानमा अत्यधिक गर्मीको कारण मानिसहरू मरेका समाचारहरुले समाचारपत्र र टेलिभिजन कार्यक्रममा राम्रै स्थान पाएका छन् । यस पटकको दिल्लीको बढ्दो तापमानले शहरी क्षेत्रमा मानव शङ्कट निम्तन सक्ने कुरा वातावरणविद् आरती खोसलाले बताएकी छन् ।

सन् २०१६ मा राजस्थानमा तापक्रम ५१ड्ढ से. पुग्दा जुन होहल्ला भएको थियो यो दसकमा त्यो भन्दा माथिको तापक्रम सबैले चुपचाप पचाइरहेको देखिन्छ । इम्पेरियर कलेज लण्डनका जलवायुविद् तथा वर्ड वेदर एड्रीब्यूसनका निर्देशक फ्रेडेरिक ओटोले आफ्नो सन् २०२३ को अनुसन्धानको निचोडमा कोइला, तेल र ग्यास जलाएर तथा वन विनाश गरेर निम्त्याएको परिवर्तित जलवायुले कठीन मौसमी परिस्थितिको सामना गर्नुपरेको बताएका छन् ।

हालका दिनहरुको पर्यावरणीय असन्तुलनको बारेमा अनुसन्धानहरु हुन थालेका छन् । सेन्टर फर साइन्स एन्ड इन्भार्योन्मेन्ट (सीएसई)को सन् २०२४ को अध्ययनले सन २००१–२०१० को दशक जति चिसो थियो । सालाखाला यो दशकका रातहरु त्यति चिसा हुन सकेनन् भन्ने देखाएको छ । प्रचण्ड तातो दिनको असरभन्दा बढी चरम तातो रात्रिको असर हुने अध्ययनले बताएको छ । लगातारको तातोले मानिसको शारीरिक, मनोवैज्ञानिक पक्षमा अत्यन्तै नकारात्मक असर पार्ने अध्ययनको निचोड रहेको छ ।

यस पटक मनसुनमा बढी बर्षा हुने अनुमान गरिएको छ । जापान मौसम एजेन्सी, कोलम्बिया यूनिभर्सिटी, कोपरनिकस क्लाइमेट सिस्टमको आधारमा पूर्वानुमान गरिने र तिनको गणितीय गणनाबाट तथ्याङ्कीय मोडेलको आधारमा भविष्यवाणी गरिने गरिँदोरहेछ । यस आधारमा यो वर्ष विपत्ति न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भूमिका सधैँभन्दा अझ सक्रिय हुनुपर्ने आवश्यकता देखिन्छ ।

जलवायु परिवर्तनको असर विश्वब्यापी रहेको छ । यसको असर अन्य स्थानभन्दा पर्वतीय क्षेत्रमा बढी देखिएको छ । यस हिसाबले नेपाल दक्षिण एसियायी मुलुकमध्ये उच्च जोखिममा परेको मुलुक बन्न पुगेको छ । नेपालले आफ्नो योजनामा जलवायु परिवर्तनको जोखिमसँग जुध्न सक्ने प्रकारले योजना बनाउनुपर्ने देखिन्छ । कृषि, जनस्वास्थ्य, पूर्वाधारको निर्माण आदिमा जलवायु परिवर्तनको असर एउटा अभिन्न पाटो बन्नु पर्दछ ।

जलवायु परिवर्तनको असर बहुआयामिक प्रकारको हुन्छ । सुक्खा हिउँद, खडेरीयुक्त वर्षायाम, अतिवृष्टी, खण्ड वृष्टि, अतिजाडो, अति गर्मी, हिउँदे अस्वाभाविक बर्षा, मनसुनमा फेरबदल आदि । यसका असरहरु प्राथमिक, द्वितीय, तृतीय हुँदै साङ्लो जस्तो बन्ने गरेको देखिन्छ । त्यसकारण पनि यो दुःखदायी बन्ने गर्दछ । यो दशकमा अष्ट्रेलिया, क्यानडा तथा अन्य स्थानका शक्तिशाली जंगली आगलागी, डढेलोको बढ्दो प्रकोपको सामना गर्नुप¥यो ।

गत वर्ष नेपालको हिमाल पारीका मनाङ, मुस्ताङ तथा सिन्धुपाल्चोकमा आएको बाढी जलवायु परिवर्तनको कारण हो या होइन भन्ने अध्ययन नगरिनुले हामी कति उदासीन छौँ भन्ने छर्लङ्ग हुन्छ । किनकि ती स्थानहरुमा अस्वाभाविक ढङ्गले इतिहासमै नदेखिएको बाढी आएको र त्यसले अर्बौको पूर्वाधार नष्ट गरेको थियो । दुई वर्षअघि कार्तिक महिनामा आएको बेमौसमी बर्षाले हजारौं बिघामा लगाएको धान खेती नष्ट ग¥यो । किसानले काटेर पाँजा बनाएर राखेको धान बगायो ।

न किसानले राहत पाए न त बीमा गरियो । नेपालले हरित सम्झौता या कार्बन फण्डबाट पाएको रकमले किसानको बाली बीमा गर्नेतर्फ सोच्नु पर्दैन ? जलवायु परिवर्तनको असर भोगिरहेका कृषिमा आश्रित वर्गको बारे राज्यले योजना बनाउन ढिला भइसकेको छ । यो बर्ष मनसुन चाँडो शुरु हुने तथा सधैँभन्दा बढी बर्षा हुने पूर्व अनुमान अनुसारको योजनामा ध्यान पुग्नुपर्ने देखिन्छ । यसमा बाढी प्रकोप, पहिरो, कृषि प्रणालीमा पर्न सक्ने प्रभावको अध्यय हुन नसक्नु भोलिको लागी बिडम्बना बन्न सक्ने अर्को खतरा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here