विश्व वातावरण दिवसको सन्देश

0
10

हाम्रो आँखाले देख्ने सम्पूर्ण भौतिक–अभौतिक वस्तुको योग वातावरण हो । त्यही वातावरणले प्राणीमध्येको उत्कृष्ट मानव जातिको अस्तित्व रक्षा हुन्छ र त्यसको सन्तुलनमा मात्रै मानिससहित सम्पूर्ण प्राणी जगतको समेत कल्याण सम्भव छ । वातावरण प्रकृति प्रदत्त उपहार हो जसले विश्वभरिका प्राणी तथा वनस्पतिको जीवनको सञ्चार गर्छ । त्यसकारण चेतनाले सर्वश्रेष्ठ भनिएको मानिसले त्यसको सन्तुलन बिग्रिन नदिन सधैँ सचेत हुनुपर्छ । प्रकृति माथिको अतिक्रमण र दोहन तथा भौतिक विकासको प्रतिष्पर्धाले पु¥याएको क्षति अन्ततः मानव जातिकै विनाशको कारण हुनसक्छ । पृथ्वीको असन्तुलनका लागि जनसंख्या वृद्धि जटिल समस्याका रुपमा रहेको छ, त्यसले प्रकृतिमाथि प्रत्यक्ष प्रभाव पार्दछ । अर्थात् बढ्दो जनसंख्या र उसको गतिविधिको असर वातावरणमा पर्छ र वातावरणीय असन्तुलन हुन्छ ।

पृथ्वी सारा विश्वको साझा घर हो । त्यसमा रहेका प्राणीमध्येको सचेत प्राणी मानिस नै भएकाले साझा घरको सुरक्षा गर्नु साझा कर्तव्य हो । विकासको परिणामले प्रतिवर्ष हानिकारक तत्व सल्फर डायोअक्साइड हावामा मिसिन्छ । त्यसले वातावरण दूषित हुन्छ र अम्लीय वर्षा गराउँछ । त्यस्तै सवारीबाट उत्सर्जन हुने कार्बन मोनोअक्साइड तथा ध्वनि प्रदूषणले समेत वातावरणीय प्रदूषण बढाउँछ । प्रत्येक वर्ष मानवीय गतिविधिकै कारण ओजोन तह पातलिँदैछ भने हाम्रा हिमालहरु निरन्तर पग्लिँदैछन् । बिग्रदो वातावरणका कारण बर्सेनि महामारीको प्रकोप पनि बढ्दैछ । त्यसकै परिणाम हो ‘कोभिड–१९’को त्रासदी ।

पृथ्वीमा रहेका सम्पूर्ण प्राणी र वनस्पति जगत एकअर्कासँग निर्भर छन् । ती मध्ये कसैको अनुपस्थिति र असन्तुलन सबैका लागि घातक हुन्छ । यस्तो अन्तरनिर्भरतालाई कायम राख्दै पर्यावरणीय महŒवका विषयमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक जागरण ल्याउन संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्षको ५ जूनलाई अन्तर्राष्ट्रिय वातावरण दिवसका रुपमा मनाउने गरिएको छ । सन् १९७४ देखि मनाउन शुरु गरिएको यो दिवसले सम्पूर्ण विश्वलाई खासगरी मानव जातिलाई पर्यावरणको सुरक्षाका बारेमा सचेत गराउँदै आएको छ । मानवीय गतिविधि र वैज्ञानिक आविष्कार तथा प्रयोगले उत्पन्न गरेको दूष्परिणामका कारण प्रतिवर्ष झण्डै साढे पन्ध्र करोड मानिसको अकाल मृत्यु भइरहेको छ । कलकारखाना, आणविक हात–हतियारको प्रयोग, प्रकृतिको दोहन तथा अतिक्रमणले मानव सभ्यतामाथि नै पारेको असरलाई न्यूनीकरण गर्न हामी त सचेत हुनैपर्छ र व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुरक्षा गर्न सरकार जिम्मेवार हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here