झापा,‘जीपी पाण्डे’ अर्थात घनेन्द्रराज पाण्डे पेशाले ब्यवसायी हुन् । घर जग्गा तथा मोवाइल ब्यवसाय गर्दै आएका उनले व्यवसायीका हर समस्यालाई नजिकबाट नियालेका छन् । अझ ब्यवसाय क्षेत्रमा अकल्पिनिय रुपमा हुने घटनका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिको विषयले उनलाई बारम्बार पिरोलिरहन्छ ।
आगलागी लगायतका घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का कारण उनलाई केही राहत मिलेपनि कोषमा योगदान नगरुञ्जेल मनमा शान्ति छाएन ।
संघले केही समय अघि मात्र स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषमा पाण्डेले जन्म दिनको अबसर पारेर २१ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै संघको सकारात्मक कार्यको प्रशंसा गरे । उनले भने – व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउन कोष स्थापना भएको छ यो नै खुशीको कुरा हो – कोष बृद्धिमा मेरो पनि थोरै सहयोग रहन्छ । सबै व्यवसायीले सहयोग गर्दै कोषलाई बढाएर लानु पर्छ – पाण्डेले भने ।
जन्म दिनको अबसरमा अधिकांशले फजुल खर्च गर्छन् पाण्डेले भने – सामाजिक हितका लागि त्यो पैसा खर्च गर्दा भोलि विपद्मा पर्नेलाई राहत उपलब्ध गराउन मद्धत पुग्छ । तसर्थ म सबैलाई अपिल गर्न चाहन्छु कोष बृद्धिमा तपाईएको पनि योगदान रहोस् ।
समाजसेवी तथा व्यवसायी समेत रहेका पाण्डेले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्ष लगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लगाई लगायतको उपस्थिति रहेको थियो ।