लाटीझोडा साझेदारी वन बन्यो नेपालमै सर्वोत्कृष्ट,जित्यो ५५ हजार पुरस्कार

0
35

मोरङ,

मोरङको सुन्दरहरैचा ६ मा रहेको लाटीझोडा साझेदारी वन उपभोक्ता समुह नेपालमै सर्वोत्कृष्ट वन बनेको छ। लाटीझोडा साझेदारी वनले वनको संरक्षण र ब्यावस्थापनमा सबैभन्दा उत्कृष्ट काम गरेको मुल्यांकन गर्दै वन विभागले यस बर्ष नेपालमै सर्वोत्कृष्ट साझेदारी वनको रुपमा पुरस्कार प्राप्त गरेको छ।

शुक्रबार राष्ट्रिय प्रकृतिक संरक्षण कोषको सभाहल , खुमलटार ललितपुरमा वन तथा भू-संरक्षण वीभागको आयोजनामा साझेदारी वन राष्ट्रिय पुरस्कार वितरण जितेको हो। सर्वोत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०८१ प्राप्त गर्दै नगद ५५ हजार ५ सय ५५ सहित सम्मान पत्र पाएको अध्यक्ष यशोन ( मिलन) श्रेष्ठले जानकारी दिए।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको बाहुलीबाट साझेदारी वनका सदस्य टोली सहित अध्यक्ष श्रेष्ठले पुरस्कार ग्रहण गरेका गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here