लक्ष्मीमा नगरस्तरिय अन्तर मा.वि.छात्र भलिबल प्रतियोगिता

0
84

अर्जुनधारा ।

झापाको अर्जुनधारा–६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा बिहीबारदेखि नगरस्तरिय अन्तर माध्यमिक विद्यालय छात्र भलिबल प्रतियोगिता–२०८१ शुरु भएको छ ।

नजिकिदै गरेको नेपालीहरुको साझा चाड विजया दशमीको अवसरमा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सात वटा सामुदायिक र सात वटा संस्थागतसहित जम्मा १४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश २० हजार पाँच र १५ हजार पाँचसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक विद्यालय व्यवस्थापन समितिकी शिक्षक प्रतिनिधि सरीता भट्टराईले जानकारी दिइन् ।

प्रतियोगितामा आयोजक लक्ष्मी माध्यमिक विद्यालय ‘ए’ र ‘बी’सहित कालिका इङलिस बोर्डीङ स्कूल, सूर्यज्योति इङलिस बोर्डीङ स्कूल, कालिस्थान माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, रुपरत्न मेमोरियल इङलिस बोर्डीङ स्कूल, जनता माध्यमिक विद्यालय, ब्रिलियन्ट इङलिस बोर्डीङ स्कूल, ब्राइटर इङलिस बोर्डीङ स्कूल, शनिश्चरे माध्यमिक विद्यालय, देवभूमि इङलिस बोर्डीङ स्कूल, सिंहदेवी माध्यमिक विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय र स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय रहेका छन् ।

त्यसैगरी प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्सलाई पनि नगद पुरस्कार र ट्रफीसहित पुरस्कृत गरिने बताइएको छ ।

समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनाम, अर्जुनधारा–६का निवर्तमान वडाध्यक्ष लोकनाथ गौतमलगायतले मन्तव्य राखेका थिए ।

प्रधानाध्यापक निर्मला पोखरेलले प्रतियोगिताको औचित्य तथा समितिकी शिक्षक प्रतिनिधि भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक एवम् खेलकुद विभाग सदस्य सुशिल ढुङ्गेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here