लक्ष्मीपुर, झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ । चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगी र सञ्चालकलाई सम्मान गरेको छ ।
शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित पर्शुराम पार्टी प्यालेसमा विजयादशमीको शुभकामना आदन प्रदान सहित वार्षिकोत्सव मनाइएको थियो ।
कार्यक्रममा विनोद राई, र विकास रेग्मीलाई सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष वालकृष्ण गिरी, सञ्चालक पावर्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती र प्रकाशक तथा प्रवन्ध निर्देशक उद्धव पुरीलाई समेत सम्मान गरिएको थियो ।
अनलाइनको सम्पादकका रुपमा शर्मिला पुरी भारती रहेकी छिन् । कार्यक्रममा स्वागत गर्दै सम्पादक पुरीले सवैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम भएको बताए ।
२०७८ साउन पहिलो साताबाट सञ्चालनमा आएको शब्दपत्रको औपचारिक उद्घाटन असोज २१ गते बिहीवारका दिन पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।