तनहुँ,
व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।
क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।
त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत एक सय ११ जना महिलालाई रु पाँच हजारका दरले आर्थिक सहयोग गरिएको छ ।