पातन्जलको निःशुल्क स्वास्थ शिविर

0
23

चारआली।

पातन्जल योग समिति नेपाल मेचिनगर नगर समितिको आयोजनामा चारआलीमा निःशुल्क फिजियो थेरापी शिबिर सम्पन्न भएको छ।

बाग्मती प्रदेश प्रमुखको कार्यालयका सचिव एवम् गुर्जो अभियान्ताका नामले चिनिने भक्तपुरका कमलबहादुर राजलवट नेतृत्वको पाँच जना स्वास्थसेविहरुमा रमेशबहादुर राजलवट, किरण महर्जन, निर्मला चन्द, कलावती भट्टराई लगायतको समूहले शिविरलार्इ सञ्चालन गरेको थियो।

पातन्जल योग समिति नेपालका सगठन बिभागका केन्द्रिय सदस्य एवम् मेचिनगर अध्यक्ष टेकेन्द्र ढकालले कार्यक्रमको औचित्य माथि प्रकाश परिएको शिबिरको अध्यक्षता पातन्जलका केन्द्रिय उपाध्यक्ष केशव ताम्राकारको रहेको थियो।

विभिन्न साधना केन्द्र र सहिद दशरथ चन्द माविका बिद्यार्थी र अभिभावक गरी एक सय ५० बढी बिरामी लाभान्वित भएको कार्यक्रममा निःशुल्क गुर्जो चियासहित औषधि बितरण गरिएको थियो।

कार्यक्रम स्थानीय सहिद दशरथ चन्द माबिको सभाकक्षमा कार्यक्रम सम्पन्न भएको थियो। शिबिरमा हार्ड जोर्नी र नशाको समस्या भएका नशा च्यापिएका ,प्यारालाइसेस भएका, माइग्रेन र डिप्रेशनका सिकायत भएका बिरामीहरुको बढी सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here