अर्जुनधारा ।
नेकपा एमाले पार्टी निकट अखिल नेपाल महिला संघ अर्जुनधारा नगर कमिटीको आयोजनामा एक दिवसीय कानूनी परामर्श तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
“हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने मुख्य नारासहित १६ दिने लैंगिक हिंसाबिरुद्धको अभियान अन्र्तगत अर्जुनधारा–८स्थित मंगल मर्डी स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संघ प्रदेश कमिटीकी सचिव अधिवक्ता हेमकला कट्टेलले उद्घाटन गरेकी थिइन् ।
प्रमुख अतिथि कट्टेलले सहजिकरण गरेको कार्यक्रममा ७५ जना बढीको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा संघ प्रदेश कमिटीकी सदस्य धनमाया गौतम, संघ झापाकी अध्यक्ष पवित्रा पाठक, पार्टी झापाका सदस्यद्वय तुलसा पोखरेल र मुना बाँस्कोटा, संघ झापाकी सचिवालय सदस्य लक्ष्मी राईलगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा पार्टी अर्जुनधारा नगर कमिटीका उपाध्यक्ष रमेशकुमार दर्जीले यथार्थ घटनामा आधारित गीत प्रस्तुत गरेका थिए । कमिटीकी उपाध्यक्ष माया खातीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव शर्मिला सुब्बाले गरेकी थिइन् ।