इलाम ।
इलाममा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक व्यक्तिको मृत्यु भएको छ ।
रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।