मोरङ ।
मोरङको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–९ सलकपुरमा ना ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र १–०२–०५४ प ३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका–३ हसनदहका ४४ बर्षीय यमबहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
त्यस्तै विराटनगर महानगरपालिका–७ हाटखोलामा को १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका–२ का २६ बर्षीय मानबहादुर लिम्बूलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वूको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
घटना सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।