मोरङ ।
मोरङको सुनवर्षी नगरपालिका–४ चैतामा ३५ बर्षीया रेखादेवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।
घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।