मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

0
12

झापा।

झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका– ८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here