विराट–भरत विश्रान्तिको अध्यक्षमा पुनः डिल्लीप्रसाद

0
41

झापा । विराट–भरत विश्रान्ति बिर्तामोडको अध्यक्षमा डिल्लीप्रसाद प्रसाईं निर्विरोध चयन भएका छन् । बिर्तामोड–३मा रहेको विश्रान्तिको सम्पन्न अधिवेशनबाट प्रसाईं अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा कुलप्रसाद संग्रौला, महासचिवमा गोपीकृष्ण प्रसाईं, सचिवमा कञ्चना ढकाल सिटौला, कोषाध्यक्षमा शैलेन्द्र सिटौला र सहकोषाध्यक्षमा मनिष साहेवाला चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा बुद्धिप्रसाद घिमिरे, मनबहादुर लिम्बू पाहिम, मिजास पोखरेल, मिरा कार्की खड्का, मेघराज बास्तोला चयन भएका छन् । टीकेन्द्र संग्रौला र देविका बस्नेतलाई सदस्यमा मनोनित गरिएको निर्वाचन अधिकृत अधिवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

बिराट भरत विश्रान्तीका अध्यक्ष डिल्ली प्रसाद प्रसाईको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कुल प्रसाद संग्रौलाले गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, बिराट भरत विश्रान्तिका संरक्षक राजेश खड्का, संस्थापक हर्कलाल गिरी, साहित्यकार कृष्ण धरावासी, ज्येष्ठ नागरिक संघ झापाका अध्यक्ष ईश्वरीप्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव गोपीकृष्ण प्रसाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here