सारीमा आगो सल्किएपछि…

0
121

सुनसरी ।

आगोले जलेर सुनसरीमा एक वृद्धा गम्भीर घाइते भएकी छन् ।

सुनसरी इनरुवा–५ बलाहा बस्ने ७२ वर्षीया कमलाकुमारी न्यौपाने आफ्नै घरमा घुर बाली आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर घाइते भएकी हुन् ।

कम्मरभन्दा मुनि दुवै खुट्टाको तिघ्रामा जलेर घाइते भएकी वृद्धाको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here