बुटाबारी ।
दोस्रो स्व. कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा भानु आधारभूत विद्यालयलाई हराउँदै जुनकिरी आधारभूत विद्यालय सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा महारानीगञ्ज मावि अर्जुनधारा–११ लाई ट्राइबेकरमा ३–४ गोल अन्तरले पराजीत गर्दै भानु आधारभूत विद्यालय अर्जुनधारा–३ बिजय भएको थियो ।
दोस्रो खेल भानु आधारभूत विद्यालय अर्जुनधारा–३ लाई १–३ गोल अन्तरले पराजीत गर्दै जुनकिरी आधारभूत अर्जुनधारा–११ ले बिजय हात पारी सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलमा म्यान अफ दि म्याच जुनकिरी आधारभूतका खेलाडी जर्सी नम्बर ७ का रोशन हास्ता नगदसहित पुरस्कृत भएका थिए । हास्दाले दुई खेलमा ७ गोल गरेका थिए ।
अर्जुनधारा नगरपालिकामा रहेको ११ वटा सामुदायिक विद्यालय अन्तर्गत आधारभूत तह १–८ का छात्रहरु सहभागी हुने प्रतियोगिता माघ १७ देखि शुरु भइ माघ २५ गते फाइनल खेल हुने आयोजक महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बूले बताए ।
गत वर्षदेखि आफ्ना स्व. बुबा कृष्णप्रसाद डाँगीको स्मृतिमा अमेरिकामा रहँदै आएका छोरा अरुणकुमार र यही नगरमा रहेका भक्तकुमार डाँगीले बालबालिकाहरुको खेलप्रति चाहना र प्रेरणाका लागि खेलाउँदै आएको डाँगीले बताए । प्रतियोगितामा प्रथम हुनेले २० हजार र उप विजेताले १० हजार नगदसहित ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक प्रदिप बस्नेतले बताए ।