ग्यास सिलिण्डर विस्फोटमा घाइते भएकामध्ये दुई जनाको मृत्यु

0
39

काठमाडौं।

काठमाण्डौको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घलेमगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

गएको बिहीवार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । तीमध्ये ११ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here