मोरङ।
इलाम र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१७ बाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १–०२–०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका–४ का ३२ बर्षीय बिजय राईलाई दुई ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे–१ का ३३ बर्षीय बालकृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलिले माई नगरपालिका–७ का ४५ बर्षीय टेकबहादुर लिम्बूलाई ७० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।