झापा।
ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक व्यक्तिलाई मोसो दलेको छ ।
केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो । प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर मोसो दलिएको हो ।
पहिचान पक्षधर नेता अमर इजम लिम्बूका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले मोसो दलेका हुन् । मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा गाली गरेको थियो, त्यहीँ माफी मगाएको,’उनले भने,‘ केटाहरुले कालोमोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’