बाह्रदशी गाउँपालिका अध्यक्ष चम्लगाई प्याब्सन झापाद्वारा सम्मानित

0
41

झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापाले बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईलाई सम्मान गरेको छ ।
प्याव्सन झापाले चम्लगाईलाई सामाजिक क्षेत्र सहित शैक्षिक, राजनीतिक एवम् राष्ट्र विकास तथा जनसेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो । प्याब्सन झापाले हरेक वर्ष एक जना विशिष्ठ व्यक्तिलाई संस्थाको वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ । अघिल्लो वर्ष शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्रालाई सम्मान गरेको थियो । यो वर्ष चम्लगाईलाई सम्मान गरिएको प्याव्सन झापाका तत्कालीन सचिव हरिकृष्ण पाठकले जानकारी दिए ।
बाह्रदशी गाउँपालिका – ६ स्थित दिपजन अंग्रेजी विद्यालयमा आयोजित कार्यक्रमकाबीच चम्लगाईलाई सम्मान पत्र प्रदान गरिएको थियो । चम्लगाईलाई यस अघि सुरुङ्गामा आयोजिक कार्यक्रममा सम्मान गरिने कार्यक्रम तय भएको थियो । तर, पारिवारिक समस्याका कारण चम्लगाई सो कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको सम्मान रोकिएको र दिपजनको वार्षिकोत्सवका अवसरमा यो सम्मान प्रदान गरिएको प्याव्सन झापाका तत्कालीन अध्यक्ष गौरीमान फागोले जानकारी दिए । सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य छवि चुडालले प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here