बिर्तामाेड।
बिर्तामाेडस्थित वीरता जेसीजकाे अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्।
वीरता जेसीसको ४४ औँ अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिएकाे निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए। ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ ।
वीरता जेसिसको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धार निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसिसको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
वीरता जेसिसको संयुक्त सचिवमा सुमन तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज डिक र तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।
जेसिसको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने निवर्तमान अध्यक्ष बाेर्डकाे पदेन सदस्य हुने व्यवस्था रहेको छ।