माई, (इलाम) माई नगरपालिका इलाममा आईतवार एक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्मा बिदाई गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत चिरन्जिबि भट्टराईलाई स्वागत गरिएको छ ।
विगत २३ महिना देखि माई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भएका बिश्वकर्मा भक्तपुर स्थित मध्यपुरठिमी नगरपालिका सरुवा भएका छन् भने भट्टराई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा भएर आएका हुन् ।
कार्यक्रममा बिदाई भएर जाने क्रममा कार्यालयमा आफू रहदा सम्पादन गरिएक २१ वटा स्मरणीय कार्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै २० वटा कार्यकालमा अनुभव गरिएका सुझाब प्रस्तुत गरिएको थियो । सरुवा भई आएका भट्टराईले स्थानीय तहमा आफ्नो पहिलो अनुभब रहेको जानकारी दिनुहुँदै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको सरसल्लाहवाट कार्यहरु अगाडी वढाईने बताए ।
जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, पत्रकार लगायत सरोकारवाला सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख खम्बा सिं लिम्बू, उपप्रमुख हिमा भण्डारी, वडाध्यक्ष देवकुमार तामाङ, शिक्षा शाखा प्रमुख सिता लावती, लेखा शाखा प्रमुख अशोक कट्टेल, पत्रकार विमल दहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता नगर प्रमुख लिम्बु र सञ्चालन प्रसाशन शाखाकी पूर्णिमा महतोले गरेकी थिइन् ।