झापा, टोस्मास्टर इन्टरनेशनलको एरिया के ३, जिल्ला ४१ ले क्रोनिकल कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड, दमक, धरान र विराटनगर टोस्मास्टर क्लबहरूलाई एकै स्थानमा ल्याउँदै प्रतियोगिता, सिकाइ, र मित्रता को उत्सवका रुपमा आयोजना गरिएको थियो । कार्यक्रम झापा बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा आयोजना भएको थियो ।
कार्यक्रमका मुख्य आकर्षणहरू एरिया–स्तरीय इन्टरनेशनल स्पीच र टेबल टपिक्स प्रतियोगिता, प्रेरणादायी मुख्य भाषणहरू, टोस्मास्टरको ओपन हाउस, तथा आकर्षक सिकाइ सत्रहरू थिए । कार्यक्रममा जिल्ला ४१ न्यूजलेटर सम्पादक निलाद्रि पारियल, डिभिजन के निर्देशक सरोज ताम्राकार, एरिया के ३ निर्देशक संध्या राठी, र एरिया के २ निर्देशक अञ्जिला बिष्टको उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्षको भूमिका मनोज गोयलले निर्वाह गरेका थिए ।
कार्यक्रममा इन्टरनेशनल स्पीच प्रतियोगिता तर्फ जान्वी खेडÞिया प्रथम , भिक्टर इग्नेसियस जोसेफ द्वितीय, श्राव्या सिंह कार्की तृतीय भएका थिए ।
त्यस्तै टेबल टपिक्स प्रतियोगिता तर्फ भिक्टर इग्नेसियस जोसेफ प्रथम, ऋषभ सिंह चाहर द्वितीय र श्राव्या सिंह कार्की तृतीय भएका थिए ।
क्रोनिकल ले पुनः पुष्टि ग¥यो कि प्रत्येक टोस्मास्टरको सञ्चार, नेतृत्व र मित्रता को यात्रा निरन्तर छ । प्रत्येक भाषणले एक नयाँ सुरुवात संकेत गर्छ—जहाँ हाँसो, सिकाइ, र अनन्त प्रेरणाले हामीलाई अघि बढाइरहेको हुन्छ ।