३० हप्तामा जन्मिएको शिशूको बिर्तासिटीमा डा. ज्योतिले गरिन् सफल उपचार

0
560

बिर्तामोड,  बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ ।
‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्र्थ’ भन्छौं ।

३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौं– उनले भनिन्– ज्योतिले पनि त्यस्तै बच्चा जन्माएकी हुन् । बच्चा जन्मदा बच्चाको तौल कम थियो । बच्चा जन्मिएपछि श्वास प्रश्वासमा गाह्रो भएकाले नवजात शिशुलाई आईसीयूमा राखियो । समयभन्दा अगाडि जन्मिएका शिशुहरुमा फोक्सोमा समस्या देखिने हुन्छ । यो बच्चामा पनि फोक्सोको राम्ररी विकास नभएकाले श्वास फेर्न गाह्रो भएको थियो । जसका लागि हामीले विशेष उपचार शुरु गरेका थियौं– उनले भनिन् ।

विशेष उपचारका कारण नवजात शिशुको स्वास्थ्यमा सुधार हुँदै गएको थियो– डा. ज्योतिले भनिन्– बच्चामा जन्डिस देखिएसँगै बीच–बीचमा श्वास रोकिन थालेपछि शुरुमा हामीले कारण पत्ता लगायौं । बच्चालाई एप्निया प्रि म्याचुरिटी हो भन्ने थाहा पाएसंगै क्याफिन साइट्रेट नामक औषधिको सहायताले श्वासप्रश्वासको समस्या   (एप्निया) कन्ट्रोल ग¥यौं । यो औषधिको प्रयोगले नवजात शिशुलाई श्वास रोकिनबाट बचाउँछ ।’

बच्चामा क्याल्सियम, सुगरसँगै एप्निया प्रि म्याचुरिटी थियो । संगै जन्डिस भएका कारण उपचारमा जटिलता थियो र उसलाई हामीले फोटो थेरापीमा राख्नुपरेको थियो– उपचारमा संलग्न चिकित्सक डा. ज्योति भन्छिन्– हामीले बच्चाको उपचार गर्दा केएमसी ट्रिटमेन्ट विधि अपनायौं । अर्थात् कङ्गारु मदर केयर मेडिसिन, यो भनेको कङ्गारुले जस्तै आमाको छातीमा बच्चालाई टँसाएर राख्ने विधि हो । यो विधि हामीले बच्चालाई आइसीयूमा राखेर उपचार गर्दा नै अपनाएका थियौं । नवजात शिशुलाई आमाको गर्भमा जतिदिन बस्नुपर्ने हो, त्यो अवधि नपुगुन्जेल आमालाई पनि यही विधि सिकाएका छौं– उनले भनिन्– अहिले बच्चा सामान्य भएसँगै अस्पतालबाट डिस्चार्ज गरेका छौं । तर, फलोअप चाहिँ गरिरहनु पर्छ ।
अस्पतालमा सबै श्रोतसाधन र विशेषज्ञ डा. भएका कारण नवजात शिशुको स्वास्थ्यमा थप समस्या नआई डिस्चार्ज गर्न सफल भएको बिर्तासिटी अस्पतालमा कार्यरत मेडिकल अफिसर जेसिका चुडालले बताइन् । ज्योतिले गतफागुन ९ गते शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि चार दिन नवजात शिशुलाई एनआईसीयू र त्यसको पाँच दिन नर्मल वार्डमा राखेर औषधि उपचारपछि अवस्था नर्मर भएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।

पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवाल


प्रिम्याच्युरीटीको एप्निया भएका शिशुमा श्वासको गति छिटो र नरोकिने हुन्छ– उनले भनिन्– यो शिशुमा पनि त्यही समस्या थियो । जसका कारण अक्सिजनमा राखेर उपचार गरिएको थियो ।

शिशुमा पिसावमा समेत इन्फेक्सन देखिएकाले उपचारमा केही कठिनाइ थियो । तर, पिडियाट्रिक एन्डोक्राइनोलजी डा. अग्रवालको दक्षताका कारण शिशुको उपचार सम्भव भयो । शिशुसंगै आमाको पनि पिसाबमा इन्फेक्सन देखिएकाले उनीहरु दुवैलाई उपचार गरिएको बताइएको छ । समय नै नपुगी लिम्बूले शिशुलाई जन्म दिएपछि ज्योतिका परिवार  चिन्तित थिए । तर, अस्पतालमा सफल उपचार भएसंगै उनको परिवार मात्र होइन ज्योति पनि खुशी छिन् । उनी भन्छिन् – शुरुमा त के होला के होला भन्ने डर लागेको थियो । तर, अहिले ढुक्क छु, नानीलाई सञ्चो भयो ।

प्रिम्याच्युरीटीको एप्निया भएका शिशुको बाँच्ने दर कम हुने गरेको एक अध्ययनले देखाएको छ । तर, समयमा सही उपचार पाएको खण्डमा शिशुलाई जीवित राख्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् । यस्तो अवस्थाका शिशुलाई श्वास फेर्न सहयोग पु¥याउने औषधि प्रयोग गर्ने गरिएको अस्पतालकी मेडिकल अफिसर चुडालले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here