अर्जुनधारा, झापाको अर्जुनधारा–८स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
संस्थाको कार्यालयमा संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगर सभा सदस्य मनोजकुमार थापा मगरले उद्घाटन गरेका थिए ।

संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले वार्षिकोत्सवको औचित्य एवम् संस्थाको विविध विषय बारे जानकारी गराएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यहरु डण्डकुमारी बाँस्तोला, चिनीमाया तामाङ, पार्वती शर्मा, बलबहादुर कार्की र रामकुमारी विश्वकर्मा रहेका छन् ।
त्यसैगरी अन्य सम्मानित हुनेहरुमा सञ्चालक समितिकी पूर्व सदस्य डिल्लीमाया सिटौला, पूर्व ऋण समितिकी सदस्य सुन्दरादेवी ओली र पूर्व सल्लाहकार समितिका सदस्य बद्रीप्रसाद ओली रहेका छन् । सोही वार्षिकोत्सवको सन्दर्भमा सहकारी, सामान्य ज्ञान र खेलकुद सम्बन्धीको हाजिरी जवाफ प्रतियोगितामा प्रथम बिमला गौतम, द्वितीय वीना ताम्राकार र तृतीय निर्मला राई भएका छन् ।

यता दुना टपरी बनाउने प्रतियोगितामा प्रथम कल्पना राई, द्वितीय रामकुमारी रसाइली र तृतीय केशरा बस्नेत भएका छन् । दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष हीमा विष्ट, प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रञ्जना कार्की, संस्था सल्लाहकार समितिकी संयोजक सरस्वती सिटौला गोले, सहकारी अभियन्ता प्रदीपकुमार पुरीले मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष सविता लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव चन्द्रकुमारी प्रसाईं र व्यवस्थापक विश्वकर्माले गरेका थिए ।