अर्जुनधारा, झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित एम्स एकाडेमीको २७औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा शिक्षक–अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
कार्यक्रमको औचित्यसहित विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक ओमप्रकाश ओझाले प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । जसअनुसार पुरस्कृत हुनेहरुमा हालै सम्पन्न भएको कोशी प्रदेशस्तरिय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल पाँच जना विद्यार्थी, प्याब्सन अर्जुनधाराद्वारा आयोजित अतिरिक्त क्रियाक्लाप अन्र्तगतको विभिन्न विधामा उत्कृष्ट हुन सफल छ जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी वर्ष शिक्षकबाट आरती भट्टराई र वर्ष कर्मचारीबाट खालील मियाँ सम्मानित भएको प्रधानाध्यापक ओझाले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक गीत, नृत्य, ताण्डव नृत्य, तामाङ सेलो, नेवारी नृत्य, लिम्बू नृत्य, कविता प्रस्तुतीसँगै लघु नाटक “खुसीको वर्षा”को मञ्चन गरिएको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक टीआर गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक त्रिलोचन दाहाल र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु आयुष सापकोटा, एञ्जल बराल, कुमारी राजवंशी, रीयाना खनाल, लोचन बराल र सुमिना अधिकारीले संयुक्तरुपमा गरेका थिए ।