इच्छाबिपरीत रंग नदल्न झापा प्रहरीको आग्रह, जबरजस्ती गरे कारबाही गर्ने चेतावनी

0
29

झापा ।

झापा प्रहरीले होली पर्व मनाउने क्रममा इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे अपिल जारी गर्दै इच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने काम गरे कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रहरीले महिला तथा अपरिचित व्यक्तिहरूसँग मन्जुरीबिना जबरजस्ती होली नखेल्न ,बालबालिकाहरूलाई होली खेल्ने ,खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न ,घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्ने लगायतका कार्य नगर्न , छतमा होली खेल्दा घरको छतबाट लडी घाइते एवं मृत्यु समेत हुन सक्ने भएकाले ख्याल गर्न ,होली मनाउँदै जथाभाबी लोला हान्दा यसले आपसी झैँ–झगडा बढाउने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन आग्रह गरिएको छ ।

त्यस्तै इच्छा नभएका र अलग उद्देश्य लिएर काममा हिँडेका व्यक्तिहरूलाई जथाभाबी रंग दल्ने,फोहोर पानीको लोला हान्ने काम नगर्न ,होली पर्व मनाउने बहानामा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन ,होली खेल्ने बहानामा जथाभाबी भिडभाड नगर्न ,अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन , होली खेल्ने बहानामा चोरी,लुटपाटजस्ता कार्यहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स,मोबाइल,आफूले लगाएको गरगहना सुरक्षित राख्न आग्रह गरेको छ ।

साथै प्रहरी कार्यालयले गाउँघर, छरछिमेकमा कुनै पनि किसिमका घटना घटेमा जानकारी गराउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले होली पर्वलाई सभ्य र भव्य बनाउन सकैसंग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here