कमल ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सम्पन्न भएको । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एसइई परिक्षा हुँदै आएको थियो ।
परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा बाट सुरु भएको परिक्षा आज लेखा र कम्प्युटर विषयको परीक्षा संगै यो वर्षको एसइई परिक्षा सम्पन्न भएको हो ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो संख्या गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जनाले बढेको हो ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध मिलाईएको थियो । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
परीक्षा सकिएसंगै विद्यार्थीहरुले एक अर्काको सर्टमा सम्झ्ना स्वरुप अटोग्राप दिएर खुशी साटासाट गरेका थिए ।